aarthiknews.com विहीबार, २० फागुन २०७७   Thursday, 04 March, 2021
 
tater Group
Bajaj_Bike

सोमबार तीन कम्पनीको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
सोमबार तीन कम्पनीको शेयरमूल्य समायोजन
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सेन्ट्रल फाइनान्स , एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट र गरिमा विकास बैंकको बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले तीन वटै कम्पनीको अघिल्लो कारोबार दिन आइतवार कायम अन्तिम शेयरमूल्यलाई आधार बनाएर मूल्य समायोजन गरेको जानकारी दिएको छ । नेप्सेले सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयर पछिको मूल्य रू. २१७ तोकेको छ । सेन्ट्रल फाइनान्सको आइतवार अन्तिम शेयरमूल्य रू. २३२ कायम भएको थियो । 

त्यस्तै गरिमा विकास बैंकको १३ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ३२४ तोकेको छ । गरिमाको आइतवार अन्तिम मूल्य रू. ३६८ कायम भएको थियो । २ दशमलव ८५ प्रतिशत बोनसका लागि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको मूल्य नेप्सेले रू. ३६९ तोकेको छ । कम्पनीको आइतवार कायम अन्तिम मूल्य रू. ३८० को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । समायोजन भएको मूल्यको आधारमा सोमवारदेखि यी कम्पनीहरुको कारोबार खुला हुनेछ । 

यी तीन कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । लाभांश र साधारण सभाका लागि माघ १२ गते बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्नेछन् । 

गरिमा विकास बैंकले बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गरिमाले माघ ३० गते वार्षिक साधारण सभा बोलाएको हो । गरिमाको बुक क्लोज माघ १२ देखि ३० गतेसम्मनै हुनेछ । 

त्यस्ते सेन्ट्रल फाइनान्सले पनि ७ प्रतिशत बोनस सँगै कर समेत गरी ३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न माघ २३ गते साधारण सभा बोलाएको छ । यस कम्पनीको बुक क्लोज पनि माघ १२ देखि २३ गतेसम्मनै कायम रहनेछ । 

माघ १२ गते एक दिनमात्र बुक क्लोज गरेको एनआरएन इन्फ्रास्टक्चरले पनि बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न कम्पनीले माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । 
 

प्रतिक्रिया दिनुहोस