aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike
प्रविधि

‘हाम्रो पढाइ भनेको थोरै पढ्ने गहिराइ बुझ्ने पढाइ हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ माघ २०७७
Reliance life insurance
‘हाम्रो पढाइ भनेको थोरै पढ्ने गहिराइ बुझ्ने पढाइ हो’
Jagadamba
LBEF

नेपालको शिक्षा क्षेत्रमा २००२ देखि लागेका अरुणलाल जोशीले शुरुमा कम्यूटर प्रोग्रमिङमा रुची राखेर आफ्नो करिअर बनाउने सोच बनाए । तर, नेपालमा सफ्वेयरको बारेमा बुझाउन धेरै गाह्रो थियो । र पनि उनले यस क्षेत्रमा नै आफ्नो पेशा बनाउने सोच बनाए । उनी आफू सफ्टवयेरको प्रोग्रामिङमा राम्रो दख्खल राख्ने भएकाले सफ्टवेयरलाई नै व्यापार गर्ने विचार गरे । जुन बेला नेपालमा सफ्टवेयरको बारेमा सामान्य अवधारण विकास भइरहेको थियो । सफ्टवेयरको बारेमा नेपाली बजारमासफ्टवेयर कपी गर्न पाइन्छ कि पाइदैन भन्ने प्रश्नबाट कुराकानी शुरु गर्न थालेपछि उनले यसलाई पेशा नै बनाउन नसक्ने अनुमान गरे र शिक्षा क्षेत्रमा लागे । त्यसपछि उनले यो ज्ञानलाई विद्यार्थीलाई दिने सोच बनाए । उनको यही ज्ञानलाई देखेर पोखरा विश्वविद्यालयले अफर गर्यो र उनी शिक्षण पेशामा प्रवेश गरे ।  जोशीको २००२ सालदेखि शुरु गरेको शिक्षण पेशा अहिले ब्रिटिस कलेजमा एसोसिएट्स डिनको रुपमा स्थापित भएका छन् । उनै जोशीसँग आर्थिकन्युज डटकमले गरेको आर्थिक वहसको सम्पादित अंशः 

यति धेरै कलेजहरू छन् तपाईलाई ब्रिटिस कलेजले नै तान्नुको खास कारण के छ? 

पोखरा विश्वविद्यालयमा केहि समय अध्यापन गराएपछि भारतमा एउटा कम्पनीले प्रोजेक्ट म्यानेजरका लागि जब अफर गर्यो र त्यहाँ केहि समय काम गरे । त्यसपछि२०१३ मा ब्रिटिस कलेज खुलेको थियो । यो विदेशी कलेजको एफिलेसन भएकाले यसमा पार्टटाइमका रुपमा अध्यापन गर्ने मौका पनि पाए ।  सबैभन्दा राम्रो फ्यासिलेट भनेको युके एजुकेशनहो । म त पहिलापोखरा विश्वविद्यालयमा पढाएर आएको मान्छे । र नेपालको पुरानो त्रिभ्ुवन विश्वविद्यालयमा पढेर आएको हुनाले जब ब्रिटिस कलेजमाआएयहाँजुनडुकुमेन्टेशन र विधिबाट अध्ययन गराइन्छ त्यसमै मलाईरुची बढ्दै गयो ।

प्रोजेक्ट वेशमाकाम हुँदै गयो यसले गर्दा पनि म आकर्षित हुँदै गए । ब्रिटिस कलेजमा सामान्य शिक्षकका रुपमा प्रवेश गरेको म आज एसोसिएट्स डिनसम्म आइपुगेको छु । पहिला यहाँ थोरै विद्यार्थी थिए । अहिले कम्प्युटर सम्बन्धी अध्यायन गर्ने मात्रै ८ सय जना र कुल विद्यार्थी १५ सयभन्दा बढी छन् । आज अभोर अल प्रोग्राम, फ्याकल्टीमा विजिनेस म्यानेजमेन्ट र ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी पनि पढाइ भइरहेको छ ।

तपाई त लामो समयदेखि यहि क्षेत्रमा हुनुहुन्छ, प्राक्टिकल बेशको पढाइ भइरहेको छ । यहितरिकाले आजभन्दा २० वर्ष पहिला पढाइ भएको थियो भने के चेञ्ज हुन्थ्यो जस्तो लाग्छ ? 

अहिले पनि सर्टिफिकेटबेशको मात्र पढाइ भइरहेको छ । भर्खर केहिले नयाँ तरिकाबाट कोर्ष डिजाइन गर्न थालेका छन्  । मास्टर, ब्याचलर ४÷४ वर्ष पढ्नै पर्छ भन्ने बाध्यता छ । यसले गर्दा पनि क्वालिटी म्यापावर बाहिर आउन सकिरहेको छैनन । आजभन्दा २० वर्ष पहिलादेखि प्रोजेक्ट वेशमा पढाइ भएकोमा पर्याप्त क्वालिटी म्यापावर पाइन्थ्यो ।अहिले पनि ब्याचलर ४ वर्ष र मास्टर २ वर्ष नै पढ्नुपर्छ भन्ने कोर्ष डिजाइन भएको छ । प्रोजेक्ट बेसमा विद्यार्थीको क्षमता वृद्धि गर्न पाएको भए उनीहरूले काम गर्ने बेलामा प्लेटफर्म पाउन सहज हुन्थ्यो । प्रोजेक्ट वेशमा हुँदा बजारमा जानुपर्ने हुन्छ । यसले गर्दा पनि उनीहरूमा पढ्दा पढ्दै स्किल वेशमा सर्भिस दिन सक्ने क्षमता विकास भइसकेको हुन्थ्यो । मलाई लाग्छ, हरेक विषयको पढाइ प्रोजेक्ट वेशमा हुनुपर्छ । 


ब्रिटिस कलेजले अभ्यास गरिरहेको प्रोजेक्ट वेशमा नेपालमा पढाइ गर्न कति सहज छ ?  

ब्रिटिस कलेजले नेपालमा पढाइरहेको कोर्ष भनेको बेलायतको शिक्षामा आधारित हो । यो भनेको विश्वस्तरीय कोर्ष हो । यहाँ पढाउने कोर्षको अध्ययन गरेरका विद्यार्थीहरूले विश्वका कुनै पनि कलेजहरूका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छन् । सबैभन्दापहिला के बुझ्नु पर्यो भने हाम्रो शिक्षा पद्धति युके एजुकेशन वेश हो । यो इन्टरनेशनलएजुकेशनहो । जब कसैले इन्टरनेशनलएजुकेशनको अवसर पाउँछ तब उसले हाम्रो जस्तो देशको आवश्यताअनुसार कामगर्न सक्छ । बेलायती करिकुलम अनुसार नेपालमा पाँच प्रतिशतमात्र पनि पढाइ भयो भने नेपाली विद्यार्थीहरूका लागि ठूलो उपलब्धी हुन्छ । 


विश्वस्तरीय शिक्षा नेपालमा नै पाइरहेपछि नेपालबाट बाहिर जाने विद्यार्थीलाई मात्रै घटायो कि यसले नेपालको करिकुलममा नै केहि फरक ल्याउने बाटो बनायो ? 

हाम्रो मुख्य उद्देश्य नै ग्लोबल स्तरको शिक्षा नेपालमा त्यो पनि नेपाली खर्चमा दिन सकियोस् भन्ने हो । यसले गर्दा हरेक वर्ष हजारौको संख्यामा नेपाली विद्यार्थीहरू विदेश गइरहेका हुन्छन् र साथमा करोडौं रकम पनि साथै गइरहेको हुन्छ । यो कलेजले नेपालको अर्थतन्त्र निर्माणमा शिक्षाको क्षेत्रबाट ठूलो योगदान गरेका छ । 

हाम्रोपहिलो उद्देश्यभनेको पढ्नै लागिधेरै खर्च गरेर विद्यार्थी बाहिर नजाउनभन्ने नै हो ।हामीले सस्तो मूल्यमा नेपालमा नै अन्तराष्ट्रिय स्तरको अध्ययन गर्ने वातावरण बनाएका छौं । विद्यार्थीलाई हामीले सस्तो मूल्यमा नेपालमा नै आफ्नो परिवारसँग बसेर अन्तराष्ट्रियस्तरको अध्ययनगराउन सकिन्छ भने हामीले मोटिभेसनपनि गराइरहेका छौं । तर, पनिआम विद्यार्थीको मन मस्तिष्कमा म विदेश जानु पर्छ भन्ने छ । यस्तो हुनुमा सोसियल प्रेशर पनि हो । 

विदेशमा पढ्न गएकाविधार्थीले विदेशमासिकेजतिनै रिटर्न पाउँछ । नेपालमात्यो लेभलको हुनअथवापरिवार पाल्न सक्ने एजुकेशन कस्तो हुनुपर्छ ? 

जापान कै कुरा गर्ने हो भने पनित्यहाँ स्कुल लेभलदेखि नै विधार्थीलाई खेतमा लैजान्छ । त्यहाँविधार्थीलाई नै रोप्न लगाउँछ उत्पादन गराउँछ र त्यहिविद्यार्थीलाई खुवाउँछ । हो, त्यस्तै एजुकेशन नेपालमापनि हुनुपर्छ । नेपालको शिक्षाहाम्रै स्ट्रक्चरसँग मिल्ने देखिएको छैन । हाम्रो नेपालमा के बाध्यता छ भने हामी सबैले पढ्नै पर्ने, ब्याचलर गर्नेपर्ने, मास्टर गर्नै पर्ने त्यो खालको कन्सेप्ट छ । मास्टर पढेर सकिदा २५÷२६ वर्षको उमेर हुन्छ । अनिककहिले प्राक्टिकल गर्ने अनिकहिले कामगर्ने भन्ने बाध्यता छ । 

उसो भए, अबहामीले यसलाई कसरी चेञ्ज गर्न सक्छौं त ? 

हामीले हाम्रो बच्चाहरूलाई के बनाउने भनेर शुरु देखि नै त्यहि अनुसारको शिक्षा दिनुपर्छ । हाम्रो शिक्षा कन्टेन्ट वेश हुनुपर्छ । सधै परीक्षा परीक्षाभन्ने खालको हुनु हुँदैन । बच्चाहरूलाई स्कुल लेभलदेखि नै ‘वर्क इच वर्क’ भन्ने शिक्षाहुनुपर्छ ।

हामीले नेपालबाट विदेशी मुद्रा कमाउन सक्ने ठूलो सम्भावना भनेको सफ्टवेयर हो । अन्य देशको तुलनामा हामी कुन स्तरमा छौं ? 

नेपालमाअहिलेको अवस्थामा स्किल म्यानपावर खोज्न लाग्यो भने मान्छे पाउनै मुस्किल पर्छ । माइक्रोसफ्ट कम्पनीहरूमा नेपालबाट मान्छे मागभयो भने हामीसँग मान्छे नै छैन । यस्तो खालको स्थिति छ । हाम्रो एकेडेमी र इन्डस्ट्रिमा ठूलो ग्याप छ । त्यो ग्यापलाई फूलफिलगर्ने धेरै उपायहरू छन् ।यसकालागि सरकार, शिक्षा क्षेत्र, निजि क्षेत्रसँगको सहकार्य हुनआवश्यक छ । 

अन्य देशका विश्वविद्यालयमा आईटी पढेकालाई विश्व कै मल्टिपल कम्पनीहरूले कलेजमै आएर छानेर लैजान्छन् । ब्रिटिस कलेजले यस्तो लक्ष्य राखेको छ कि छैन ? 

कलेजमै आएर ठूलाकम्पनीले जनशक्ति छानेर लैजाउनभन्ने भन्दापनि विद्यार्थी आफैले कम्पनी छानेर यसकालागि म योग्य छु भन्ने कन्फिडेन्ट हुनु राम्रो हो । टेक्नोलोजी भनेको जहाँको पनि एउटै हो । चाहेत्यो अमेरिकाहोस या नेपालहोस जहाँपनि एउटै हो । मुख्य कुरा टेक्नोलोजीप्रयोग गर्न प्लेटफर्म चाहिन्छ । प्लेटफर्म नै छैनभने सिकेर मात्र के गर्नु ?टेक्नोलोजीहामीले सिकाएका छौं, टेक्नोलोजी सम्बन्धि एउटा मात्रै इन्टरनेशनलप्रोजेक्ट गर्यो भने ऊजहाँपनि फिट हुन्छ । 

कोरोनाका कारण सबैभन्दा धेरै असर परेको क्षेत्र शिक्षा होे।अहिले पढाइ भइरहेको तरिकाहो या होइन ? 

शिक्षाभनेको ज्ञान लिने सँगँंगै सिक्ने कुरा पनिहो । अनलाइनशिक्षा कै कुरा गर्नेहो भने बन्दकोठामा बसेर शिक्षा त लिइरहेको छ । तर, लाईफ स्किल, सोसियल इन्क्वुजन भने जिरो हुन्छ । लाइफ स्किलजिरो हुने बित्तीकै कामलाग्दैन । बन्दकोठामा बसेर पढेकाले भोलिबाहिर आफ्नो परिचय नै दिन सक्दैन । 

ब्रिटिस कलेजमाकोरोनापछिको इम्प्याक्ट कस्तो देखिरहेको छ ? 

कोरोनाको बेलापनिहामीले गर्व गर्न लायकको काम गरेका छौं । ‘कन्टिनिउ एजुकेशन र एक्सेस टु हल’ भनेर कोरोना शुरु भएको केहि दिनमै हामीले अनलाइन कक्षा शुरु गर्यौ । नेट नहुनेलाई नेटको व्यवस्थागर्यो । ल्याबटपको व्यवस्थागरिदिएर अनलाइनकक्षानिरन्तर गर्यो । नयाँ विद्यार्थीलाई अहिले पनिहामीले ल्यावटब एउटा र डेटा प्याक दिने गरेका छौं ।हामीले नेपालमापहिलो पटक भर्चुअल परीक्षालिएर त्यसको रिजल्ट निकाल्यौं । ४ सय जना विद्यार्थीलाई ग्राजुयट गरायौं । यसले गर्दा उनीहरूले तुरुन्तै एप्लाइगर्न पाए ।  

ब्रिटिस कलेजमापढेकाविद्यार्थीलाई मेन बेनिफिट के छ  ? 

पहिलो कुरा त कोर्षको डिजाइनदेखि लिएर कोर्षको एसेसमेन्टसबै हुन्छ । हामीखालीप्रोभाइडर हो । जब कुनै व्यक्ति ब्रिटिस कलेजमा आउँछ उसले सबै प्रिलिलेन्स पाउँछ । हाम्राविधार्थीले सबै सुविधा अनलाइनबाटै पाउँछन् । यदिकुनै विद्यार्थीले आफ्नो कारणले ट्रान्फर गर्न चाह्यो भने त्यो सहजैतरिकाले हुन्छ । दोहोर्याएर पढ्नु पर्ने बाध्यताहुँदैन । 

यहाँहरूले भर्खरै यहाँ पढेर बेलायतजान सकिने स्किम पनिल्याउनु भएको छ । यसबारे बताइ दिनुस् ? 

हाम्रो बेलायतयुनिभर्सिटीसँगकोसम्बन्ध र हाम्रा डाइरेक्टरहरूले पनि बेलायतमै बसेर एजुकेशनलिएको अनुभवभएको कारणले पनिहामीसँग धेरै इनफर्मेशन छ । हामीसँगभएको इन्फर्मेशनहामीले दिने हो जाने/नजाने आफैले निर्णय गर्ने हो । यहि इन्फर्मेशनदिने शिलशिलामा युके सरकारले २०२० सेप्टेम्बरदेखि युके युनिभर्सिटीमा भर्ना हुने विद्यार्थीहरूयहाँबाट ग्राजुयट भयो भने उसको बिएसडब्लुका लागिबेलायतमाजान सक्ने योग्यता छ भन्ने हो । यो राम्रो कुरा हो ।यसले गर्दा पनिहामीले खासमा स्किमभन्दापनिइन्फर्मेशनदिनखोजेको हो । 

यसका लागि शुल्क कति लाग्ला ? 

हाम्रो लोकल कस्ट हो । हामी के भन्छौ भने पहिला यहाँ लोकल कस्टमा पढ र कम्तिमा दुई वर्षका लागि मात्र विदेश जाउ भन्ने हो । कस्ट ५० प्रतिशतसम्म लाग्यो । दुई वर्ष राम्रोसँग स्किल गर्न सक्यो भने राम्रो काम ५ वर्षका लागि पाउन सक्छ । अहिले हामीले रिसर्चमा फोकस रहेर पढाइ गराइरहेका छौं । हाम्रो यो प्रयास जुन छ त्यो विस्तारै आममानिसले बुझिरहेका छन् । शुरु शुरुमा खासै बुझेका थिएनन । हाम्रो पढाइ भनेको थोरै पढ्ने गहिराइ बुझ्ने पढाइ हो । 

प्रतिक्रिया दिनुहोस