aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike
राष्ट्रिय गौरवका आयोजना

खर्च गर्ने प्रवृत्तिमा पुरानै रोग, ६ महिनााम १३ अर्बमात्रै खर्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
खर्च गर्ने प्रवृत्तिमा पुरानै रोग, ६ महिनााम १३ अर्बमात्रै खर्च
Jagadamba
LBEF

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएपछि कोभिडका कारण आयोजना निर्माणमा कुनै समस्या पर्न नदिएपनि राष्ट्रिय गौरवका आयोजनहरूले खर्च गर्ने प्रवृत्ति भने यस आवका पनि दोहोरिएको छ । सरकारले विशेष प्राथमिकतमा राखेर आयोजना निर्माणको कार्यलाई अघि बढाए पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म जम्मा १३ अर्ब ११ करोड रुपैयाँमात्र खर्च गरेको छ । यद्यपि आयोजनाहरूले पुस महिनामा आएर खर्च भने बढाएका छन् । मंसिरसम्म राष्ट्रिय गौरवका १९ वटा आयोजनामा जम्मा ८ अर्ब ९ करोड ७० लाख रुपैयाँमात्र खर्च भएको थियो । 

सरकारले चालु आवमा राष्ट्रिय गौरवका आयोजनालाई कुल ८७ अर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट पुससम्मजम्मा १४.९ प्रतिशतमात्र खर्च भएको हो । यो अवधिमा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, रानी जमरा कुलेरिया सिंचाइँ आयोजना र माथिल्लो तामाकोशी लविद्युत आयोजनाले ५० प्रतिशतभन्दा माथि खर्च गरेका छन् भने अन्य आयोजनको खर्च त्योभन्दा न्यून रहेको महालेखा कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए । 

रााष्ट्रिय गौरवका १९ वटा आयोजनामध्ये तीन वटाले यो अवधिसम्म एक पैसा पनि खर्च गर्न सकेका छैनन् । दक्षिण एशिया पर्यटन पूर्वाधार आयोजना, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको खर्च विवरण भने महालेखा नियन्त्रकको कार्यालयमा आइपुगेको छैन । 

समग्रमा हेर्दा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त देखिएका छ । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई छुटयाएको बजेटको खर्चको आधारलाई मान्दा अत्यन्त न्यून खर्च भएको देखिएको हो । 

पुससम्म भएको खर्चको अवस्थालाई हेर्दा हुलाकी राजमार्गको पुँजीगत खर्च ३९.१ प्रतिशत रहेको छ भने रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाको १९.६ प्रतिशतमात्रै खर्च भएको छ । यससँगै पुष्पलाल राजमार्ग( मध्यपहाडी राजमार्ग) को  पुँजीगत खर्च १९.८ प्रतिशत भएको छ । रानीजमरा कुलेरिया सिँचार्इँ आयोजनको ३४.४ प्रतिशत खर्च भएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको पुँजीगत खर्च साढे १३ भएको छ । अन्य आयोजनाले यो अवधिसम्म कुलपुँजीगत बजेटको १० प्रतिशतभन्दा कम खर्च गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको खर्च सबैभन्दा कम

चालु आर्थिक वर्षको मंसिरसम्म सबैभन्दा कमखर्च (४.५ प्रतिशत) मेलम्ची खानेपानी आयोजनाले गरेको छ  भने दोस्रो कमखर्च गर्ने आयोजनमा मिलिनियम च्यालेन्ज एकाउण्ट नेपाल परेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले ७ प्रतिशत खर्च गरेको छ । 
सरकारले मेलम्ची खानेपानी आयोजनको लागिक ५ अर्ब ४६ करोड रुपेयाँ बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये ३२ करोड १७ लाख रुपैयाँमात्र खर्च भएको छ । सो खर्चमा पनि पुँजीगत खर्च २९ करोड  १७ लाख रुपैयाँमात्र हो । 

१९ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई ड्राइभर्सन, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपपित चुरेसंरक्षण कार्यक्रम र मिलिनियम च्यालेन्ज एकाउण्ट नेपालको मात्रै पुँजीगत खर्च १० प्रतिशतभन्दा कम छ भने अन्य आयोजनले समीक्षा अवधिमा सोभन्दा  माथि चालु खर्च गरेका छन् । 

लाभका हिसावले निकै राम्रो मानिएको काठमाडौं–तराई मधेश फष्ट ट्रयाकको खर्च पनि निकै कम भएको देखिएको छ । उक्त फाष्ट ट्रयाकको लागि ८ अर्ब ९३ करोड ८८ लाख बजेट विनियोजन गरिएकोमा समीक्षा अवधिसम्म जम्मा  १ अर्ब २३ करोड ६९ लाख अर्थात २४.४ प्रतिशत खर्च गरेको छ । उक्त आयोजनले एक अर्ब २१ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ ।  

वित्तीयव्यवस्थाको बजेट खर्च नै भएन 

सरकारले चालु आवमा राष्ट्रिय गौरवका आयोजनामा पनि वित्तीय व्यवस्था अन्तर्गत छुट्याएको बजेट खर्च माथिल्लो तामाकोशीको ५० करोड देखि अन्य आयोजनाले एक पैसा पनिखर्च भएको छैन । सरकारले बजेटमार्फत ऋणको सावा र ब्याज भुक्तान गर्न वित्तीय व्यवस्था अन्तर्गत बजेट विनियोजन गर्ने गर्छ । सो शीर्षकमा विनियोजन भएको बजेटमध्येबाट मंसिरसम्म एक रुपैयाँ पनि खर्च नभएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।

सरकराले चारवटा आयोजनालाई १६ अर्ब ९७ करोड ५० लाख रुपैयाँ छुर्याएको थियो । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना, दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बाराका लागि वित्तीय व्यवस्था शीर्षक अन्तर्गत सो बजेट विनियोजन गरेको हो । 

सरकारले पोखरा क्षेत्रीयअन्तर्राष्ट्रिय विमानस्थलको लागि १० अर्ब ७५ करोड,  पर्यटन पूर्वाधार विकास आयोजनाको लागि ४ अर्ब ७२ करोड ५० लाख, माथिल्लो तामाकोशीको लागि एक अर्ब र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढका लागि ५० करोड रुपैया ँविनियोजन गरेको छ । अन्यबाँकी १५ आयोजनको बजेट शीर्षकमा भने वित्तीय व्यवस्थातर्फको खर्च विनियोजन भएको छैन । 

    
 

प्रतिक्रिया दिनुहोस