aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike

यस्तो छ नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
यस्तो छ नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण
Jagadamba
LBEF

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफामा कमी आएको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६४ प्रतिशत कम हो। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २.०८ प्रतिशत घटेर २ अर्ब ३३ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस