aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

बुधवार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
बुधवार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनी
Jagadamba
LBEF

काठमाडौं ।नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा  बुधवारको सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीमा चार वाणिज्य बैंक , नेपाल लाइफ सबैभन्दा अगाडी रहेका छन् । माघ ७, काठमाडौं । बुधवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । हाल कायम प्रतिशेयर मूल्यलाई घटाएर रू. ५० मा झार्न लागेको कम्पनीको बुधवार रू. ६१ करोड ४० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको हो । 

सर्वाधिक रकमको कारोबारसँगै कम्पनीको शेयरमूल्य पनि ७ दशमलव २९ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १९६ ले बढेर नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य रू. २ हजार ८८५ पुगेको छ ।

यस कम्पनीले नेपालको धितोपत्र कारोबारको इतिहासमा पहिलो पटक शेयर संख्या टुक्राउन लागेको हो । कम्पनीले आगामी माघ २८ गते हुने वार्षिक साधारण सभामा प्रतिशेयर अंकित मूल्य घटाउने प्रस्ताव लैजादैछ । ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत कर सहित नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले दोस्रो बजारमा सबै लगानीकर्ताको पहुँच पुग्ने गरी शेयर संख्या बढाउन लागेको बताएको छ ।

बुधवारको कारोबारमा सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र नेपाल लाइफ सहित तीन बीमा कम्पनी रहेका छन् । शिखर इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स पनि यो दिन सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र परेका हुन । यी वाहेक नेपाल पुनर्बीमा कम्पनी ,प्रभु बैंक, नेपाल दुरसञ्चार कम्पनी , अपर तामाकोशी, कुमारी बैंक, एनआईसी एशिया बैंक र माछापुच्छ्रे बैंक पनि सर्वाधिक कारोबार गर्ने दश कम्पनीभित्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस