aarthiknews.com शुक्रबार, २२ साउन २०७८   Friday, 06 August, 2021
 
everest bank

सर्वोच्चले माग्यो बस्न्यातको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
Nabil Bank
सर्वोच्चले माग्यो बस्न्यातको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश
LBEF

काठमाडौं । सर्वोच्च अदालतले पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले बस्न्यातको निवेदनमाथि सुनुवाई गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने सम्बन्धी विशेष अदालतबाट भएको आदेशको प्रतिवेदन मागेको हो । सोमवार सर्वोच्चले यस्तो निर्णय गरेको हो ।  

विशेष अदालतको आदेशको आधार, कारण सहितको कैफियत प्रतिवेदन अध्ययन गरेपछि मात्रै सर्वोच्चले बस्न्यातलाई थुनामै राख्ने वा साधारण तारेखमा छोडिदिने टुंगो लाग्नेछ । बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा अख्तियारले मुद्दा चलाएपछि बस्न्यात थुनामा रहेका छन् ।

२८ मंसिर २०७६ मा विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा गैरकानुनी ढंगले व्यक्तिका नाममा लैजान मतियारको भूमिका खेलेको अभियोगमा बस्नेतलाई थुनामा पठाउने आदेश दिएको थियो । 

त्यसको १० महिनापछि बस्नेत विशेष अदालतमा उपस्थित भएका थिए । यसपछि बस्नेतलाई विशेष अदालतले डिल्ली बजार कारागारमा चलान गरेको थियो । विशेष अदालतले बस्न्यातलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । 

कैफियत प्रतिवेदनमा विशेष अदाललते गरेको सक्कल निर्णय, अख्तियारको अभियोगपत्रलगायतका मुद्दासँग सम्बन्धित कागजात हुने गर्दछ । त्यसविरुद्ध बस्न्यात साधरण तारिखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी सर्वोच्च पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस