aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

चन्द्रागिरी हिल्सको आईपीओ यसै साताभित्र बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
चन्द्रागिरी हिल्सको आईपीओ यसै साताभित्र बाँडफाँट हुने
Jagadamba
LBEF

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा यसै साताभित्र बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलवारभित्र प्रि अलोटमेण्ट सम्पन्न गर्ने तयारी गरेको हो । 

क्यापिटलले बाँडफाँटको मिति तय नभएपनि यसै साताभित्र बाँडफाँट भैसक्ने जानकारी दिएको हो । यस कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । 

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । 

यस कम्पनीको आईपीओमा मागभन्दा १७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण हुनेछ । योग्य आवेदकमध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी दुई कित्ता थप दुई जनाले एक एक कित्ताका दरले पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री गरेको हो । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस