aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

यी १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
यी १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
Jagadamba
LBEF

काठमाडौं । आइतबार शेयर बजार दोहोरो अंकले बढीरहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिमा बजार २२ दशमलव ६४ अंकले बढेर २ हजार ३०९ विन्दुमा पुगेको छ । यो अवधिसम्म नारायणी डेभलपमेण्ट बैंक सहित १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । नारायणी डेभलपमेण्ट बैंक र गुरास लघुवित्तको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढेको छ । 

त्यस्तै, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ९६ प्रतिशत , किशान लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, कामना सेवा लघुवित्तको ९ दशमलव ८० प्रतिशत, हाइड्रो इलेक्ट्रीसिटीको ९ दशमलव ७५ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९ दशमलव २६ प्रतिशत र मञ्जुश्री फाइनान्सको शेयरमूल्य ९ दशमलव ०७ ले बढेको हो ।
 

प्रतिक्रिया दिनुहोस