aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भन्सार छलि ल्याएको २३ थान मोबाइल बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
Reliance life insurance
भन्सार छलि ल्याएको २३ थान मोबाइल बरामद
Jagadamba
LBEF

काठमाडौं । भन्सार छलि ल्याएको विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट शनिबार बिहान प्रहरीले बरामद गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

बरामद मोबाइलहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस