
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा आइतबार हुदैछ । एनआइसी एशिया लघुवित्तको होटल ¥याडिसनको सभाकक्ष भेरी ४, जाजरकोटमा बिहान ९ बजे र स्वदेशी लघुवित्तले होटल पाथीभारा इन्टरनेशनल प्रा.लि इटहरुमा बिहान ९ बजे सुरु हुनेछ ।
दूबै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछन् । यी दुई कम्पनीविच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता गत साउन ३२ गते सम्झौता भएको थियो । कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका कम्पनीहरुले पुस १० गते मर्जर सम्बन्धी अन्तिम सम्झौता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस