aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike

गरिमा विकास बैंकको साधारणसभा माघ ३० गते, सहायक कम्पनी खोल्न विषेश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
गरिमा विकास बैंकको साधारणसभा माघ ३० गते, सहायक कम्पनी खोल्न विषेश प्रस्ताव
Jagadamba
LBEF

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको साधारणसभा माघ ३० गते हुने भएको छ । बैंकले अन्य वित्तीय संस्थासँग मर्ज,आफ्नै सहायक कम्पनी स्थापना र सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्ने एजेन्डा रहेको छ । बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकले माघ ३० गते, शुक्रबार होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको हो।

अन्य  बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको सञ्चालक समितिको बैठक, साधारण सभा लगायतका बैठक तथा सभाहरु विद्युतिय माध्यमबाट पनि गर्न सक्ने गरी नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु सो सभाले पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ बैंकले माघ १२ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। 

सो सभाले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न प्रबन्धपत्रमा उद्देश्य तथा कार्यहरु थप गर्ने रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस