aarthiknews.com मंगलबार, १३ माघ २०७७   Tuesday, 26 January, 2021
 
tater Group
Bajaj_Bike

मूल्यवृद्धि २.९३ प्रतिशतमा सीमित, हिमालमा सबैभन्दा महँगो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
मूल्यवृद्धि २.९३ प्रतिशतमा सीमित, हिमालमा सबैभन्दा महँगो
Jagadamba
LBEF

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा उपभोक्ता मूल्यवृद्धि घटेर २.९३ प्रतिशत कायम रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर महिनामा मूल्यवृद्धि १.१२ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको कार्तिकसम्म उपभोक्ता मूल्यवद्धि ४.०५ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको मंसिरमा यस्तो वृद्धिदर ६.५५ प्रतिशत रहेको थियो । 

मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि (मुद्रास्फीति) ५.२३ प्रतिशतर र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि १.१६ प्रतिशत रहेको छ । गत आर्थिकको मंसिरमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि दर ९.७६ प्रतिशत र गैर खाद्य तथा सेवाको मूल्यवृद्धि ४.१० प्रतिशत रहेको थियो । 
२०७७ मंसिरमा फलफूल तथा घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहका मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको छ । 

क्षेत्रगत हिसावले हेर्दा तराई सबैभन्दा सस्तो र हिमाल सबैभन्दा मह्गो राष्ट्र बैंकको तथयांकले देखाएको छ । गत मंसिरमा तराईमा २.३५ प्रतिशत मूल्य वृद्धि रह्यो भने हिमालमा ४.२२ प्रतिशत मूल्य वृद्धि रहेको छ । उपत्यकामा ३.७१ प्रतिशत मूल्य वृद्धि रहेको छ भने पहाडमा ३.९५ प्रतिशत मूल्य वृद्धि रहेको छ । गत आर्थिक वर्षको मंसिरमा क्षेत्रगत मूल्यवृद्धि हेदा काठमाडौं उपत्यका सबै भन्दा मह्गो थियो भने हिमाल सबैभन्दा सस्तो थियो । गत आर्थिक वर्षको मंसिरमा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मूल्य वृद्धि कायम रहेको थियो । 

प्रतिक्रिया दिनुहोस