aarthiknews.com शनिबार, ०३ माघ २०७७   Saturday, 16 January, 2021
 
tater Group

एभरेष्ट बैंकले शुरु गर्यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
एभरेष्ट बैंकले शुरु गर्यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी
LBEF

काठमाडौं । एभरेष्ट बैंकले फोन पे संगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ । साथै बैंकका व्यवस्थापकहरुका अनुसार यस बिधुतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोभिड १९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रिया को अन्त्य गर्नेछ ।    

कोभिड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो । 

सो समरोहमा मधु कुमार मरासानी, महालेखा नियन्त्रक, नेपाल सरकार, विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग, श्री दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतका साथै फोन पे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस