
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ५ अर्ब ६ करोडको वस्तु निर्यात भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्यांक अनुसार चालु आवको ५ महिनाको अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो ।
तथ्यांक अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ भने आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर ५२५ अर्ब ५० करोड कायम भएका छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस