aarthiknews.com मंगलबार, १३ माघ २०७७   Tuesday, 26 January, 2021
 
tater Group
Bajaj_Bike

झण्डै ११ प्रतिशतले बढ्यो रेमिट्यान्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
झण्डै ११ प्रतिशतले बढ्यो रेमिट्यान्स
Jagadamba
LBEF

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स १०.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ५ महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४१६ अर्ब ८१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ ।  

तथ्यांक अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ४५९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो । 

त्यस्तै, निर्यात ब्यापार ५.१ प्रतिशतले बढेर पाँच महिनामा ५० अर्ब ६ करोड भित्रिएको छ। आयात ९.६ प्रतिशतले घटे पनि  ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ। राष्ट्र बैंकका अनुसार,  कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, कोइलालगायतको आयात ह्वात्तै बढेको छ। 

ब्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। देशले बिक्री गर्ने र खरीद गर्ने बस्तु तथा सेवा अन्तरलाई ब्यापार घाटा वा बचत भनिन्छ। देशबाट बाहिर बिक्री गरिने (निर्यात) भन्दा किन्ने दर (आयात) उच्च भएमा त्यो ब्यापार घाटा हो। औद्योगित उत्पादनका कारण ब्यापार घाटा भएमा खासै चिन्ता लिनु पर्दैन। तर आन्तरिक उत्पादन नबढ्ने क्षेत्रका बस्तु आयात भएर बढेको ब्यापार घाटाबाट भने डराउनु पर्छ।

प्रतिक्रिया दिनुहोस