aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित
Jagadamba
LBEF

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा हेटांैडाको होटल सामना प्रालिमा मिति बुधवार वित्तीय संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । 

काठमाडौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६७ जिल्लामा १३७ वटा शाखा मार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । 

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शेयरधनीहरुलाई आर्थि वर्ष २०७६/७७ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस शेयर गरी कुल २९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले पारित गरेको छ । 

त्यस्तै, यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले वित्तीय संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए । 

यसैगरि, यस वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचनमा आगामी चार वर्ष कार्यकालको लागी कर्ण बहादुर घले र प्रकाश राज विष्ट र्निविरोध निर्वाचित भएका छन् । साथै संस्थाको अधिकृत पूँजी २ अर्व लाई बृद्धि गरि ३ अर्व पु¥याउने निर्णय समेत यस साधारण सभाले पारित गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस