aarthiknews.com शुक्रबार, ०२ माघ २०७७   Friday, 15 January, 2021
 
tater Group

आयकरको पहिलो किस्ता बुझाउनु भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
आयकरको पहिलो किस्ता बुझाउनु भयो ?
LBEF

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताहरुलाई कारोवारको अनुमानित करको विवरण बुझाउन सूचना जारी गरेको छ । विभागले उक्त विवरण अनुसार लाग्ने करको पहिलो किस्ता दाखिला गर्न विभागको वेवसाईटमा सूचना जारी गरेको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७र०७८ को अनुमानित करको विवरण तथा यस वर्षको सोही विवरणको आयकरको पहिलो किस्ता वापतको रकम दाखिला गर्न करदाताहरुलाई सूचना जारी गरेको छ । विभागले आयकर ऐन २०५८ को ९स.ंस० को उपदफा ९१० बमोजिम आर्थिक वर्ष २०७७र७८ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाहरुलाई अवगत गराएको छ। 

करदाताहरुलाई दफा ९५ वमोजिम आर्थिक वर्ष २०७७र०७८ को कारोबारमा लाग्ने अनुमानित करको सम्पूर्ण विवरण तथा सोही विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापत चालिस प्रतिशत हिसाब गरी आउनेरकम यही पुस मसान्त भित्र बुझाउन अपिल गरेको छ ।

तोकिएको समयमा ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बधित आन्तरिक कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा दाखिला गरे ऐन अनुसार शुल्क तथा व्याजबाट राहत पाईने जानकारी समेत गराईएको छ । 
 

प्रतिक्रिया दिनुहोस