aarthiknews.com मंगलबार, १३ माघ २०७७   Tuesday, 26 January, 2021
 
tater Group
Bajaj_Bike

बेथितिः बाटो बन्यो, पुल बनेन

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • बुधबार, २९ पुस २०७७
बेथितिः बाटो बन्यो, पुल बनेन
Jagadamba
LBEF

भैरहवा । विश्व शान्तिको मुहान लुम्बिनी प्रवेश गर्ने मार्ग बनिसकेको छ । कोभिड १९ ले विश्वमै सन्त्रास फैलायो तर लुम्बिनी जाने राजमार्गले भने निरन्तरता पाइरह्यो । ’बुद्ध वाज बर्न इन नेपाल’ भनेर संसार थर्काउनेहरूले बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकमा पर्ने पुललाई भने बेवास्था गरिएको छ ।

गौतमबुद्ध विमानस्थलबाट जब पर्यटक आवत जावत शुरु हुन्छ तब पर्यटकले सास्ती व्यहोर्नै पर्ने हुन्छ । भैरहवाबाट लुम्बिनीका लागि प्रस्थान हुना साथ तिनाउखोलामा पुल छ जुन जिर्ण अवस्थामा । उक्त पुल हुलाकी सडक आयोजना अन्तर्गत डिभिजन सडक कार्यालय बुटवलले २०७१ साल असार २५ गते ५ करोड, ३३ लाख २४ हजार ४२ रुपैँया ३३ पैसामा १० दशमलव २ मिटर पुल पप्पु बामती जेभि काठमाडौलाई निर्माणको जिम्मा लगायो र म्याद थप सहित २०७५ असार २५ गते सम्पन्न गर्ने म्याद दियो । 

उक्त कम्पनीले पुलको बीच भाग निर्माण ग¥यो र अधुरै छोड्यो । त्यस्तै लुम्बिनी जाने सडकमै अर्को डोण्डा खोला पुल पनि छ । त्यो पुल पनि २०७१ असार २५ गते पप्पु बामती जेभि काठमाडौंलाई ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैँया ३२ पैसामा १० दसमलव २ मिटर पुल २०७५ असार २५ मा सम्पन्न गर्ने भनी डिभिजन सडक कार्यालय बुटवलले एकै दिन दुई ओटा पुल निर्माण गर्न ठेक्का सम्झौता ग¥यो र दुबै पुलको सम्पन्न मिति पनि एकै दिन राख्यो ।

 उक्त पुल पनि बीच भाग निर्माण भएको छ तर अन्य काम भने लथालिङ्ग छ । देशभरका पुल निर्माणको जिम्मा एउटै कम्पनीलाई भएको र गुणस्तरहीन भएको खबर एकाएक सार्वजनिक हुन थाले पछि सरकारले गुणस्तरहीन कार्य गरेको र समयमै सम्पन्न गर्न नसकेको भन्दै सम्झौता रद्द ग¥यो । तर अहिले सम्म त्यहाँ कुनै व्यवस्था गरिएको छैन । कुनै निमार्ण कम्पनीलाई निर्माणको जिम्मा दिइएको छैन ।  पुल अलपत्र रहेको अवस्थामा देशका उच्च पदस्थ व्यक्ति, राष्ट्रपति, प्रधानमन्त्री, पर्यटनमन्त्री लगायत अन्य मन्त्री बेलाबेलामा लुम्बिनी आइरहेका छन् तर ती अलपत्र परेका पुलको बारेमा कसैले चाँसो देखाएका छैनन् ।

लुम्बिनी जाने बाटोमा अव्यवस्थित रुपमा सिमेन्ट उद्योगहरु छन् । उद्योगमा कच्चामाल लिएर जाने ट्रक र टिप्पर ओभरलोड बोकेर हिड्छन्, तयारी सिमेन्ट बोकेर हिँड्ने ट्रक पनि सडकको क्षमता भन्दा बढी लिएर हिँड्छन् । उद्योग देखि ओभरलोड बोकेर हिँड्ने ट्रकलाई बाटोमा चेकिङको लागि बसेका प्रहरीहरु पनि कारवाही गर्न सक्दैनन् । सडकको चेकिङ्का रहेका एक प्रहरी भन्छन् “सिमेन्ट फ्याक्ट्रिका गाडि रोक्न हामी जस्ता सिपाहीले सक्दैनौँ, माथि देखि सेटिङ् छ, हामीले आधा घण्टा गाडि रोकियो भने बेलुका नै हाम्रो कुन ठाउँमा सरुवा हुन्छ थाहा हुँदैन, त्यसैले हामी केही गर्दैनौ ।”

विश्वमै बुद्ध जन्मस्थल लुम्बिनी भनेर चिनिए पनि लुम्बिनी आवत जावत गर्ने पर्यटकलाई पुल नै सास्तीको विषय बनेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन् । लुम्बिनीमा करोडौं लगानी गरेर होटल व्यवसाय रहेका छन् तर सरकारले पर्यटकको बारेमा नीति नियम बनाएर पर्यटक आवागमन नबनाउँदा व्यवसाय गर्न कठिन रहेको बताउँछन् । राज्यको विकास निर्माणका काममा ठोस कदम नचाल्दा देशभरी विकास निर्माणका काम अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस