aarthiknews.com शनिबार, ०३ माघ २०७७   Saturday, 16 January, 2021
 
tater Group

अर्थतन्त्र सामान्य तर्फ फर्कियोः राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
अर्थतन्त्र सामान्य तर्फ फर्कियोः राष्ट्र बैंक
LBEF

काठमाडौं । कोभिड १९ बाट असर परेको अर्थतन्त्र सामान्य तर्फ उन्मूख हुन थालेको छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा  उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सर्वेक्षणले ५४ प्रतिशत  उद्योग÷व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको राष्ट्र बैंकले जनाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा  २८.७७ प्रतिशत मात्र रहेको उत्पादन ÷कारोबार स्थिति योसर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको  छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको छ ।  

त्यस्तै, कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न यस बैंकले २०७७ जेठ २६ गतेदेखि असार १०  गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरुबाट तथ्याँक संकलन गरी सोको प्रतिवेदन सार्वजनिक  गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसायहरु संचालन  हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्ण रुपमा संचालनमा रहेको देखाएको थियो । 

नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्डहरु खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरु क्रमिक  रुपमा संचालनमा आउन थालेका छन् । व्यवसाय संचालन सम्वन्धी पछिल्लो वस्तुस्थिति बारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक  १३ देखि २०७७ मंसिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो।  
 

प्रतिक्रिया दिनुहोस