aarthiknews.com शुक्रबार, ०२ माघ २०७७   Friday, 15 January, 2021
 
tater Group

भारतबाट थप १५ मेगावाट विजुली आयत गरिने

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, २९ पुस २०७७
भारतबाट थप १५ मेगावाट विजुली आयत गरिने
LBEF

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो ।

यो अनुमतिसँगै आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यसअघि प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।

प्राधिकरणको विज्ञप्ति अनुसार टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) पर्छ ।

नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट (करिब १६ मेगावाट) विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस