aarthiknews.com मंगलबार, १३ माघ २०७७   Tuesday, 26 January, 2021
 
tater Group
Bajaj_Bike

मेरो माइक्रोफाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
मेरो माइक्रोफाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन
Jagadamba
LBEF

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पौष २८ गते सम्पन्न आठौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १६।९४ प्रतिशत बोनश शेयर र ०।८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्री प्रसाद पुडासैनी निर्बिरोध चयन गरेको छ ।

९ वटा प्रबर्द्धित बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६र७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको सातौं वर्षमा संस्थाले ५ अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात १ अर्ब रुपैयाँ कायम भएको बताए ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको  माइक्रोफाइनान्सले हाल १२० शाखा कार्यालयमार्फत ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख २५ हजार भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ।योग गरिएको संस्थाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस