aarthiknews.com मंगलबार, १३ माघ २०७७   Tuesday, 26 January, 2021
 
tater Group
Bajaj_Bike

यो हो छाँयादेवी कम्प्लेक्सभित्र लुकेको कथा

  • मेनुका कार्की
    मेनुका कार्की
  • मंगलबार, २८ पुस २०७७
यो हो छाँयादेवी कम्प्लेक्सभित्र लुकेको कथा
Jagadamba
LBEF

काठमाडौं । २०७० सालसम्म केशरमहल पछाडिको सिस्नोघारी रहेको जग्गामा पायोनियर बैंकर पृथ्वीबहादुर पाँडेले ठूलो धनराशी खर्चिएर भव्य महल बनाए । उनले सो जग्गा २०६५ सालमा अम्बिका राणा र शंकरप्रसाद शाहबाट खरिद गरेका हुन् । सिस्नो उम्रिएको सो जग्गामा पाँडेले अत्याधुनिक सुविधा सम्पन्न भव्य महल ठडाए । जसको नाम छाँयादेवी कम्प्लेक्स रह्यो । भवन नबन्दासम्म कुनै प्रश्न नउठेको अर्थात कुनै अवरोध नभएको उक्त जग्गाको वैधानिकतालाई लिएर भवन बनेपछि टिका टिप्पणी शुरु भयो ।   

साढे ५ अर्बभन्दा बढी लगानीमा निर्मित महल गुठीको हो भन्दै गुठीयार मुद्दामा गए । पछि जग्गाको वास्तविकता थाहा पाएपछि मुद्दा जाने ७ जनामध्ये ६ ले बरु उल्टै छाँयादेवी कम्पेक्सलाई सहयोग गरे भने एक जानले मात्रै असन्तुष्ट जनाए ।   

२०७५ पुस १० गतेबाट छाँयादेवी कम्प्लेक्स सञ्चालनमा  आएको हो । त्यसपछि सबैको आँखा त्यस भव्य भवनमा पर्यो  ।   जग्गाको यथार्थ नै नबुझी स्थानीय अड्डा अदालत सबै धाए । जग्गा धनी अम्बिका राणा र सिंह सार्थ गरुड भगवान बहाल गुठीका थकालीबीच मिलापत्र भएको जग्गाको विषयलाई लिएर विवाद खडा गरियो । 

काठमाडौं जिल्ला अदालतका न्यायधीशको रोहबरमा २०६२ असार १६ गते दुई पक्षबीच मिलापत्र भएको हो । त्यति बेला जग्गाकी मोही राणाले गुठीयारलाई एक करोड ५० लाख नगदी र चार आना जग्गा लिएर काठमाडौं जिल्ला अदालतमा मिलापत्र भएको थियो । यसअघि पनि सर्वोच्च अदालतका न्यायधीश द्वय प्रकाश बहादुर के.सी र विश्वनाथ उपाध्ययको आदेशमा यी जग्गा धनी र गुठीयारबीच मिलापत्र भएको थियो । सर्वोच्च अदालत डिभिजन बेञ्चले कोट फि ऐन २०१७ बमोजिम बिगो स्वरुप ३६ हजार रुपैयाँ तिराएर त्यतिबेला मिलापत्र भएको हो । 

रैतानी भइसकेको जग्गाको विषयलाई लिएर गुठी संस्थानले २०४७ माघ १८ भएको आफ्नै निर्णयलाई बदर गर्ने गरी २०४७ चैत ४ गते अर्को निर्णय गर्यो । सो निर्णय प्रति जग्गा धनी अम्बिका राणाबाट पाटन पुनरावेदन अदालतले मुद्दा हालियो । पाटन पुनरावेदनले गुठीको पहिलो निर्णयलाई नै सदर हुने गरी पछिल्लो निर्णयलाई २०५३ जेठ २५ गते बदर गरिदियो ।  

गुठी संस्थानको निर्णय बदर हुने गरी गरिएको उक्त निर्णय प्रति सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयार थकालीहरूले जग्गा धनी राणा विरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टै मुद्दा दायरा गरे । मुद्दा चल्दाको अवस्थामै २०६२ साल असार १६ गते काठमाडौं जिल्ला अदालतका न्यायधीसको रोहबरमा मिलापत्र भएको हो ।   

को हुन अम्बिका राणा ? 

अम्बिका राणा केशर शम्शेर जवराकी बुहारी तथा केयुर शम्शेर जबराकी पत्नी हुन् । केशर महलसहित हाल छाँयादेवी कम्प्लेक्स बनेको जग्गा त्यति बेला केशर शम्शेरको नाममा थियो । पछि उनको मृत्युपछि सो जग्गाको स्वामित्व केयुर शम्शेरमा सर्यो । केयुर शम्शेरको पनि मृत्यु पश्चात उनकी धर्मपत्नी अम्बिका राणालगायतबाट पाँडेले सो जग्गा खरिद गरेका हुन् । 

गुठीयारहरूले सो जग्गा १९६७ माघ २९ गते केशर शम्शेरले कब्जा गरी लिएको र उनको मृत्यु पश्चात उनका छोरा केयुर शम्शेरबाट छुटाइ गुठीको हक कायम गरी पाउ भनी काठमाडौं जिल्ला अदालतबाट २०३० वैशाख १२ गते तत्कालिन मध्येमाञ्चल क्षेत्रीय अदालतले गुठीयारको हक नपुग्ने ठहर गरी गुठीयार र केयुर शम्शेरबीच २०३९ पुस ३ गते सर्वोच्च अदालतको रोहबरमा मिलापत्र भएको थियो । 

त्यति बेला कित्ता नंम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम जग्गा, कित्ता नम्बर १६१६ को ६ आना र १६१७ कित्ता नम्बर भएको २ रोपनी १० आना जग्गा २०३३ सालको सर्भेनापीको फिल्डबुकमा फिल्डमार्शल केशर शम्शेर मोही र जग्गा धनी सिंहसार्थ गुठीलाई कायम गरेको थियो । गुठी संस्थान ऐन, २०३३ अनुसार गुठी लगत तथा तहसिल कार्यालय भद्रकालीले २०३९ जेठ २१ गते उक्त कित्ताका जग्गाहरु मोही केयुर शम्शेरको नाममा नामसारी कायम भएको थियो । सिंहसार्थ वाहु गरुड भगवान गुठीले पनि छाँयादेवी कम्प्लेक्सलाई २०७७ असोज २७ गते क्लिन चिट दिएको छ ।

अहिले स्थानीयले वास्तविकता बुझेका छन् । अहिले विरोध छैन,’ छाँयादेवी कम्प्लेक्सका अध्यक्ष पृथ्वीवहादुर पाँडेले भने ‘म संस्कृति र सम्पदाको जगेर्ना र  संरक्षण गर्न सधै लागि परिरहे ।’ 

विभिन्न ठाउँमा मठमन्दिर बनाउनेदेखि सम्पदा संरक्षणमा हाम्रो परिवारले धेरै काम गर्यो र गर्दै आएको पनि छ । तर, अहिले मलाई नै सम्पदा मासेको भनेर नभएको मित्था आरोप लगाइएको छ ।’ गुठीको नाममा रहेको जग्गा मैले खरिद गरेको होइन । तीन जना वरिष्ठ वकिलसँग छलफल गरेर मैले रैतानी जग्गा अप्ठ्यारो पर्दैन भनेपछि लिएको हुँ । जग्गामा सिस्नो पलाएर बस्दा कसैलाई वास्ता थिएन । भव्य महल बनेपछि सबैको आँखा परेको हो । 

पर्यटकी हब ठमेल मल्टी प्रपोजको भवन बनेर सञ्चालमा आएपनि जग्गाको वैधानिकतालाई लिएर बाहिर त्यतिकै नकारात्मक हल्ला फैलाइयो र जग्गामा बनेको भवनमाथि प्रश्न उठाइयो । गुठीको जग्गामा भवन निर्माण गरिएको भनेर अदालतमा परेको उजुरीलाई तल्लो अदालतदेखि सर्वोच अदालतसम्मले क्लिन चिट दिए पनि भवनका विषयलाई लिएर टिका टिप्पणी भने अझै हुने गरेका छन् । यसमा साह्रै दुःख लाग्छ । 

हाम्रो परिवार सम्पदा जोगाउन भरप्रयास गर्ने परिवार हो । मैतीदेवी, असनको ज्वालामाईलगायतका मन्दिर र स्रोह खुट्टेको पार्टी बुबा ( भिमवहादुर पाँडे) ले बनाउनु भएको हो । पशुपति नाथ काठमाडौं र पाटन दरवार स्वायरमा पनि हाम्रो परिवारले खर्च गरेको छ । यदि उहाँहरूले भनेको जस्तो सम्पदा स्थल भएको भए म आफै जर्गेना गर्थे । नेवारको गुठी पाँडेले खायो भनेर मलाई आरोप लगाइयो, उनले दुखेसो गरे । 

मसँग जग्गा धनी पूर्जा (लालपूर्जा) छ । भवन बनाउने बेलामा छिमेकीको पनि केही अवरोध थिएन । वातावरण प्रभाव मूल्यांकन (ईआईए) गरिएर भवन गरिएको छ । नक्सा पास गरेरै भवन बनाइएको हो । यदि उनीहरूले भनेको जस्तो हो भने नक्सा पास कसरी भयो । 

अदालतले पटक पटक जग्गा रैतानी भनेर प्रमाणित गरिदिएको छ । यदि सरकारी जग्गा भए गुठीले किन जग्गा बिक्री गरेको त । पितृलाई जल चढाउने कमल पोखरी थियो भनेर अनाहकमा पैसा तिरेर किनेका मान्छेलाई दुःख दिएर पीडा दिन पाइन्छ, अध्यक्ष पाँडेले प्रतिप्रश्न गरे । 

अर्काले अर्बौ रुपैयाँ खर्चेर गरेको व्यवसायमा बाधा व्यवसाध पुर्याउँदा अहिले स्थानीय तिनका विरुद्धमा उत्रिएको कम्प्लेक्सका सञ्चालक सुमनबिक्रम पाण्डेले बताए । ‘विरोधका विरुद्ध होटलका मजदुरहरूको एकमत भएका छन्,’ उनले भने ‘केही समय हामीलाई वदनाम गराउन खोजिए पनि अहिले राम्रो हुँदै गएको छ ।’ अहिले छाँयादेवी कम्प्लेक्समा ७८ प्रतिशत नेवार समुदायकै बाहुल्यता छ ।

१५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त छाँया सेन्टरमा पाँचतारे होटल ‘अलफ्ट ब्राण्डमा सञ्चालन भइरहेको छ । पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र ठमेलस्थित अलफ्ट होटलको नामले परिचित यो होटलमा १४ तला रहेको छ भने यसमा एक सय ७५ डिलक्स कोटा रहेका छन् । भवन बिजनेश प्रपोजका हिसावले बनाइएको हो । 

नोटः २०७० वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनि विपक्षहरूको नाममा आदेश भएको, २०७१ असार २० र २०७१ कार्तिक २ गते सर्वोच्च अदालतबाट जग्गा रोक्का राख्न नमिल्ने भनि विपक्षको नाममा अर्को आदेश आएको, २०७१ मंसिर २५ गते काठमाडौं जिल्ला अदालतबाट छाँयादेवी कम्पेक्सको पक्षमा फैसला भएको २०७२ फागुन १० गते पुनरावेदन अदालत पाटनबाट छाँयादेवी कम्पेक्सको नाममा फैसला भएको, २०६९असोज ११ गते छाँयादेवी कम्प्लेक्स निर्माणको लागि डीपीसीसम्मको नक्सा पास भएका, २०७१ असोज ३१ गते छाँयादेवी कम्प्लेक्स प्रालिलाई काठमाडौं महानगर पालिकाले स्थायी नक्सा पास गरिदिएको, २०७२ चैत १७ गते छाँयादेवी कम्प्लेक्सलाई तल्ला थपको नक्सा पास गरिदिएको, २०७५ कार्तिक ८ गते काठमाडौं महानगरपालिकाले भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको थियो । 

प्रतिक्रिया दिनुहोस