aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

‘ढुक्क भएर आईपीओ भर्नुहोस्, नेपाल इन्फ्रास्ट्रकचर बैंकले अपेक्षित प्रतिफल दिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
Reliance life insurance
‘ढुक्क भएर आईपीओ भर्नुहोस्, नेपाल इन्फ्रास्ट्रकचर बैंकले अपेक्षित प्रतिफल दिन्छ’
भुपेन्द्र पाण्डे, निमित्त सीईओ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक
Jagadamba
LBEF

ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्ने रणनीतिक योजनासहित स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको साधारण शेयर (आईपीओ) निष्काशन गर्दैछ । यो बैंकको मूलतः नेपाली तथा विदेशी वित्त बजारबाट दिर्घकालीन स्रोत जुटाएर ठूला पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्य हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा रहेर लामो समय कार्यानुभव सम्हालेका भुपेन्द्र पाण्डे अहिले इन्फ्रास्ट्रक्चर बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत बनेर देशकै फरक प्रकृतिको बैंक सम्हालिरहेका छन् । बैंकले हाल लगानी गरेका र आगामी दिनमा लगानी गर्ने क्षेत्र र लगानीकर्तालाई कसरी प्रतिफल दिन्छ भन्ने विषयमा इन्फ्रास्ट्रक्चर बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसँग आर्थिकन्युज डटकमले गरेको आर्थिक बहसः 

नेपाल इन्फ्रास्ट्रकचर बैंकका रुपमा नयाँ प्रकारको बैंकको साधारण शेयर (आईपीओ) जारी गर्दै हुनुहुन्छ ? यसबारे केहि बताइदिनुस् ? 

मुलुकको पूर्वाधार विकासका लागि आवश्यक लगानीयोग्य रकम आन्तरिक तथा बाह्य स्रोतबाट जुटाइ उपयुक्त पूर्वाधारहरूको परियोजनामा लगानी गर्न तत्कालीन बैंक तथा वित्तीय संस्थाभन्दा फरक, देशको पूर्वाधार विकासमा मात्र केन्द्रीत भई काम गर्ने छुट्टै संस्थाको आवश्यकता महसुश गरी पूर्वाधार विकास बैंकको परिकल्पना भएको हो । 

वैदेशिक बित्त बजारबाट लगानी योग्य स्रोत भित्र्याउन तथा स्थानीय वित्त बजारबाट नविनतम प्रयास मार्फत समेत पूर्वाधारमा लगानीको स्रोत जुटाउन तथा लगानी गर्न नेपालको पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंक को रुपमा मिति २०७५/०२/२५ मा स्थापना भई मिति २०७६/१०/२८ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने ईजाजतप्रत्र प्राप्त गरी हामीले विधिवत रुपमा वित्तीय कारोबार शुरु गरेका थियौं । 

यो अवधि २२ महिना जति भएको छ । यस दौराहनमा बैंकले आफ्नो व्यवसायिक गतिविधिलाई अपेक्षित दिशा उन्मुख गर्न आवश्यक पर्ने नीतिगत एवम् संरचनात्मक सहुलिकरणका विषयहरूलाई प्राथमिकताका साथ निमार्ण गरि लागू गरेको अवस्थामा नियमककारी निकायको व्यवस्था बमोजिम ८ अर्ब रुपैयाँको प्राथमिक सेयर निष्काशन (आइपिओ) जारी गर्न लागेका छ । 

कहिले खुल्दैछ यसको आईपीओ ?  

हामीले माघको २ गतेबाट सर्वसाधरणले आवेदन भर्न पाउने गरी सूचना जारी गरेका छौँ । जसलाई हामीले माघको दोस्रो हप्तासम्ममा बाँटफाँटसमेत गरिसक्ने योजना बनाएका छौँ । हालसम्मकै सर्वाधिक रकमको निष्काशन प्रकृयामा रहेको हाम्रो आईपीओले जनमानशमा निकै उत्साह जगाएको हामीले पाएका छौं । हालको सक्रिय लगानीकर्ताको संख्याको आधारमा पनि यस आईपीओमा पर्ने आवेदनको संख्या ठूलो हुने हुँदा हामीले लिएको समयावधिमा एक दुई दिन तल माथि हुन सक्छ । यद्यपि हलको प्रगति अनुसार हामी माघको दोस्रो हप्तासम्म बाँटफाँट सक्छौं जस्तो लाग्छ । 

वाणिज्य बैंक र यो बैंकमा खास के फरक छ ? 

मुलुकमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति बढ्दै गएतापनि मुलतः पूर्वाधार विकासको परियोजनाहरूमा प्रयाप्त लगानी हुन नसकिरहेको अवस्थामा यस बैंकले सार्वजनिक तथा निजी साझेदारी (पीपीपी ) को अवधारणलाई अंगिकार गरी पूर्वाधारका परियोजनाहरूमा लगानी गर्दै मुलुकको समग्र पूर्वाधारको विकासलाई मूर्त रुप दिन यथासम्भव वित्तीय पहुँच पुर्याउन यस बैंकको परिकल्पना एवम् स्थापना भएको हो ।

हामीले दिर्घकालीन निक्षेप, ऋणपत्रहरू, फण्डहरू मार्फत ठूला आकारको स्रोत जुटाउने र सोको परिचालन पूर्वाधारका परियोजना निर्माण एवं संचालनमा मात्र गर्ने कार्य गर्छौं । सार्वजनिक तथा निजि कम्पनी समेतको लगानी रहेको यस बैंकले मूलतः स्रोत प्राप्तिका लागि फरक र नविनतम अभ्यासहरू मार्फत स्रोत जुटाउन Sector Fund हरू स्थापना गर्ने, On-Shore/Off- Shore Bonds तथा Debenture हरू जारी गर्ने, दीर्घकालिन निक्षेप संकलन गर्ने एवं विदेशी साझेदारहरूसँग सहकार्य गरी न्यून लागतका रकम जुटाउने भएको छ ।  

सम्पत्ति तथा दात्यिवमा बेमेल नहुने गरि जोखिम न्यूनीकरण गर्दै Matching Concept मा आधारित भई पूर्वाधारका परियोजनाहरूमा कर्जा, पूनरकर्जा एवं समिश्रित (Debt and Equity) लगानी गर्दै जानेछ । हामी वाणिज्य बैंकहरू जस्तो छोटो अवधिको निक्षेप लिने एवम् सोको लगानी अन्य क्षेत्रमा गर्ने कार्य गर्दैनौं ।

यसको चुक्ता पुँजी कति हो नि ?  

हाम्रो लगानीको आकार ठूलो हुने हुँदा सोही अनुसारको सुहाउदो पुँजी संरचनाको व्यवस्था पनि गरिएको छ । कुल ४० अर्ब रुपैयाँ अधिकृत पूँजी, २० अर्ब रुपैयाँ जारी पुँजी र १२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत लगानी रहेको छ । 

त्यसैगरी सार्वजनिक तथा निजी कम्पनीको ५.१५ प्रतिशत, इन्स्योरेन्स कम्पनीको १८.९७ प्रतिशत र अन्य प्रतिष्ठित व्यवसायीहरूको ४.९९ प्रतिशत शेयर लगानी रहेको छ । बाँकी ४० प्रतिशत बराबरको ८ अर्बको शेयर सर्वसाधारण शेयर निष्काशन गर्दैछौं । यस पश्चात, नेपाल सरकार, विभिन्न बैंक, इन्स्योरेन्स कम्पनी, प्रतिष्ठित उद्यमी व्यवसायीहरू लगायतको लगानी रहेको यस बैंकको चुक्ता पुँजी २० अर्ब हुन्छ र हाल सम्मको सञ्चित मुनाफा एवम् जगेडा रकम गरि भन्ने हो भने हामीसँग हाराहारी २४ अर्बको लगानी योग्य पुँजी हुनेछ ।  

अहिलेसम्मकै ठूलो आईपीओ निष्काशनका रुपमा यसको व्यवस्थापन कसरी गरिदै छ ? 

आम जनताले धितोपत्र बजारमा लगानी गर्ने, शेयर खरिद गर्ने व्यवस्थामा निकै परिवर्तन आएको छ । सूचना प्रविधिको प्रयोगले यस प्रकृयालाई निकै सहज र सरल बनाइदिएको छ । अहिले लगानीकर्ताहरूले सहजै कुनै पनि स्थानबाट डिम्याट/मेरो शेयर मार्फत पहुँच पुर्याइ शेयरमा लगानी एवम् खरिद बिक्रि गर्न सक्छन् ।  

हालको अवस्थामा लगभग २१ लाख भन्दा बढी डिम्याट एकाउन्ट होल्डर छन् जस मध्ये विगतका इस्यूहरू हेर्दा १० लाख बढी व्यत्तिले आवेदन दिएको देखिन्छ । यस आधारमा  हामीले पनि १२ देखि १५ लाख आवेदन पर्ला भन्ने अनुमान गरेका छौं । साथै यस प्रकृयाको व्यवस्थापकीय जिम्मा निष्काशन प्रबन्धकको रुपमा एन. आई. वि.एल. क्यापिटललाई दिएका छौं । 

भनेपछि एक जनाले कति कित्तासम्म पाउँलान ? 

मैले पहिले नैं भनिसके हाम्रो निष्काशनको आकार विगतमा भएका निष्काशनको तुलनामा निकै ठूलो छ । बजारमा आईपीओमा लगानी गर्ने लगानीकर्ताहरू उल्लेख रुपमा बढेको पाइन्छ । हामीले हालसालै जारी भएका निष्काशनहरूमा ४/५ गुणा सम्म बढी आवेदन परेको पएका छौं । जसमा कोहिले पाउने कोहीले नपाउने भएको हो । हाम्रो आकारलाई हेर्दा आवेदक सबैले हाराहारी आवेदकले ६० देखि ८० कित्तासम्म शेयर पाउलान भन्ने अनुमान गरेका छौं । 

लगानी त आउँला अनि प्रतिफल चाँहि कहिले पाइन्छ नि ?    

यस बैंकले मुलतः पूर्वाधारका नयाँ परियोजनामा लगानी गर्ने हुँदा हाम्रो पुँजी क्रमशः लगानी स्वीकृत गरेको परियोजनको निर्माणको प्रगति अनुरुप परिचालन हुँदैं जाने हो । तसर्थ अन्य व्यवस्यामा लगानी गरे जस्तो आजको भोली हाम्रो कर्जा विस्तार हुँदैन । कुनै पनि बाधा अवरोध नभएका खण्डमा एउटा प्रोजेक्ट बन्न न्यूनतम ४ देखि ५ वर्ष लाग्छ। हामीले लगानी गर्ने भनेको हाइड्रोपावर, सिमेन्ट, होटलजस्ता क्षेत्रमा हो।

यस्ता पूर्वाधार निर्माणका लागि लामो समय खर्च हुन्छ।  निश्चित अवधिपछि मात्र ति परियोजनाहरूमा कर्जा प्रवाह शुरु हुन्छ। हालको मितिसम्म हामीले दश अर्ब बढीको कर्जा स्वीकृत गरि १ अर्व १५ करोड जति कर्जा प्रवाह भई सक्यो । अन्य स्वीकृत परियोजनाहरूले पनि कर्जा उपभोग गर्न आवश्यक शर्तहरू पुरा गरिसकेको अवस्था छ । छिटै ती परियोजनाहरूमा पनि कर्जा प्रवाह शुरु हुन्छ ।

यस्ता पूर्वाधार निर्माणका लागि लामो समय खर्च हुन्छ।  निश्चित अवधिपछि मात्र ति परियोजनाहरूमा कर्जा प्रवाह शुरु हुन्छ। हालको मितिसम्म हामीले दश अर्ब बढीको कर्जा स्वीकृत गरि १ अर्व १५ करोड जति कर्जा प्रवाह भई सक्यो । अन्य स्वीकृत परियोजनाहरूले पनि कर्जा उपभोग गर्न आवश्यक शर्तहरू पुरा गरिसकेको अवस्था छ । छिटै ती परियोजनाहरूमा पनि कर्जा प्रवाह शुरु हुन्छ ।

यस अलावा ३/४ अर्बको कर्जा प्रस्ताव मूल्यांकन एवम् स्वीकृतिको चरणमा छन् । अब हामीले गति लिइसकेका छौं । यहाँहरूले भोलिका दिनमा बैंकको नेटवर्थलगायतका सबै सूचकमा वृद्धि भएको र बैंकले अपेक्षा अनुरुप लगानीको प्रतिफल दिएको देख्नु हुनेछ ।

यसको लगानी पोर्टफोलियो कस्तो छ ? 

नेपालको पूर्वाधार विकासको वर्तमान अवस्थाले नियाल्दा ऊर्जा, पर्यटनलगायत केही सामाजिक पूर्वाधारमा निजि क्षेत्र तथा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच पुगेको देखिन्छ । हाम्रो देशमा अबको एक दशकमा सडक, सुरुङमार्ग, एयरपोर्ट, होटल, यातायात, ऊर्जा, कृषि, पर्यटनका अन्य पूर्वाधार, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, उद्योग लगायतका अन्य क्षेत्रहरूमा  पूर्वाधार विकासको सम्भावना छ । 

हामीलाई प्राप्त लगानीका क्षेत्रहरूमा यी सबै पर्दछन् । मुलुकमा पूर्वाधार सम्बन्धी लगानी योग्य  परियोजनाहको उपलब्धता सीमित रहेको र सोमा ऊर्जा एवम् पर्यटन पूर्वाधारका परियोजनाहरूको हिस्सा अत्याधिक रहेको हुँदा  हाम्रा शुरुवाती लगानीहरू पनि यिनै क्षेत्रमा बढी भएका छन् । 

यी क्षेत्रहरूमा अहिले नै बढी लगानी भइसक्यो भन्ने कुरा आइरहेको छ नि ?   

उद्योगको विषयमा तपाईले भनेका जस्तो होला । तर, हाम्रो क्षेत्र भनेको ठूला पूर्वाधारहरू जस्तैः सडक, सहर विस्तार, स्मार्ट सिटी निर्माण लगायतका हुन् ।  विभिन्न अध्ययनहरूले देखाए अनुसार हामीलाई देशको जिडिपीको १० देखि १२ प्रतिशत सम्मको लगानी पूर्वाधार विकासका लागि वर्षेनी आवश्यक छ ।

यस आकारको लगानी जुटाउन हामीले विकासउन्मुख भैसकेका राष्ट्रहरूको अभ्यास (Model) लाई अध्ययन गरी अंगिकार गर्न जरुरी छ । भियतनाम, भारत लगायतका मुलुकहरूमा प्रयोग भई सफल अभ्यासको रुपमा प्रमाणीत भएका पीपीपी अन्तर्गतका परियोजनाहरूमा Viability Gap Funding (VGF) Model, Hybrid Annuity Model (HAM) को प्रयोग नेपालमा पनि गर्न सक्ने सम्भावना छ ।   

यस्ता मोडलहरूको वृहत्त प्रयोगबाट मात्र मुलुकले पूर्वाधार विकासमा लिएको लक्ष्य प्राप्ति हुन सक्छ । हामी जस्ता बैंकले लिने रणनीति एवं लक्ष्यहरू यसै प्रकृतिका हुन्छन् र हामी पनि सोहि दिशा तर्फ बढेका छौं । पूर्वाधारमा लगानी बढी भएको होइन । नेपालमा ठूलो आकारको लगानी जुटाउने र सो को जोखिम रहित परिचालन गर्ने अभ्यासहरूको कमी रहेको छ । 

यति धेरै लगानीको लागि पुँजी जुटाउने कसरी ?  

देशमा हाल उपलब्ध स्रोत तथा साधनहरू पूर्वाधार विकासलाई अपेक्षित गति प्रदान गर्न प्रयाप्त छैन । तसर्थ हामीले वाह्य मुलुकहरूबाट पनि थप स्रोत तथा साधनहरूको परिचालन गर्ने प्रयासको थालनी तत्काल गर्नुपर्ने भएको छ । अन्य देशको विकसित पुँजी बजारहरूमा बण्ड जारी, परियोजनामा आधारित बोण्डहरू जारी गरी स्वदेशी वा विदेशी मुद्रामा स्रोत भित्र्याउन सकिन्छ । हामीले गरेको प्रयास पनि त्यही प्रक्रियाको शुरुवात हो ।  

यसका अलावा हामी जस्तो संस्थाले इन्फ्रा बन्ड बास्केटु स्थापना गर्ने र त्यसमा दीर्घकालीर्ने प्रकृतिका लगानीकर्ताहरू जस्तो (पेन्सन फण्ड, लाइफ इन्स्योरेन्स फण्ड, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, आर्मी पुलिसको फण्डहरू परिचालन गर्न सकिन्छ ।

बाहिरबाट पैसा ल्याउने कुरा गर्नु भयो । यसको प्रकृया कस्तो छ ? बाहिरबाट यसरी पैसा ल्याउँदा महँगो पर्छ भन्छन् नि ?  

हामीले विदेशी वित्त बजारमा Green Bond  जारी गरी ३ देखि ५ अर्ब भित्र्याउने कार्य अगाडि बढाएका छौं । यो बण्ड विदेशी वित्त बजारमा जारी भई London Stock Exchange मा  Listing हुने प्रकृतिको बण्ड हो । यस बण्डमा वातावरणीय प्रभाव न्यूनीकरण गर्न लगानी गर्ने सक्रिय लगानीकर्ताहरूको मूलतः लगानी रहन्छ ।

यस बण्डलाई अन्तर्राष्ट्रिय जमानीकर्ताले जमानी दिने भएको हुँदा यसमा लगानीकर्ताहरू सहजै आकर्षित हुन्छन् । यो प्रयास सफल भए हामी जस्ता बैंक तथा वित्तीय संस्थाले विदेशी वित्त बजारबाट पुँजी भित्र्याउन यस्ता उपकरणहरूलाई नियमित प्रयोग गर्न सक्छन् । 

यस बण्डलाई अन्तर्राष्ट्रिय जमानीकर्ताले जमानी दिने भएको हुँदा यसमा लगानीकर्ताहरू सहजै आकर्षित हुन्छन् । यो प्रयास सफल भए हामी जस्ता बैंक तथा वित्तीय संस्थाले विदेशी वित्त बजारबाट पुँजी भित्र्याउन यस्ता उपकरणहरूलाई नियमित प्रयोग गर्न सक्छन् । 

महँगो र सस्तो भन्ने कुरा स्वदेशी एवम् वित्त बजारमा रहेको तरलताले मुलतः निर्धारण गर्ने हो । यद्यपि हामीले हालको स्वदेशी निक्षेप मार्फत परिचालन गर्न सकिने दिर्घकालीन स्रोतको ब्याजदर भन्दा ५० पैसा देखि १ रुपैयाँ सम्म सस्तो पर्ने गरिको दर रेटमा उक्त रकम भित्र्याउन खोजिरहेका छौं ।

तपाईहरू धितो राखेर वा परियोजना हेरेर कसरी लगानी गर्नु हुन्छ ? 

बैंकहरूले कर्जाको प्रकृती हेरी परियोजना छनोट गर्दा कम जोखिम पूर्ण परियोजनामा कर्जा लगानी गर्ने विषयलाई प्राथमिकतामा राख्ने गर्दछ । हामी Project Financing मात्र गर्ने भएकोले Project Screening and Selection Criteria  तयार गरी लागू गरेका छौ । यसले हामीलाई पूर्वाधारको कुन क्षेत्र तथा कस्तो परियोजनामा कति लगानी गर्ने भन्ने सम्बन्धी सीमा तय गरेको छ ।

हामीले सोका लागि एउटा नविनतम अभ्यास स्वरुप Infrastructure Feasibility Department को व्यवस्था गरेका छौ । विभाग र व्यवस्थापनबाट गरिने अध्ययन तथा विश्लेषणको अलावा हरेक परियोजनालाई Further Due Diligence गरी मात्र स्वीकृत गर्ने गरेका छौ ।

सोही अनुरुप हामी सम्भाव्यता भएका राम्रो प्रतिफल दिन सक्ने परियोजनाहरूलाई छनोट गर्दछौ । छनोट भएका परियोजनाहरू विभाग तथा व्यवस्थापन तहमा विस्तृत अध्ययन गर्ने गराउने गरिन्छ । हामीले सोका लागि एउटा नविनतम अभ्यास स्वरुप Infrastructure Feasibility Department को व्यवस्था गरेका छौ । विभाग र व्यवस्थापनबाट गरिने अध्ययन तथा विश्लेषणको अलावा हरेक परियोजनालाई Further Due Diligence गरी मात्र स्वीकृत गर्ने गरेका छौ ।

यस अलावा परियोजनालाई केन्द्रीत गरी विशेष निरिक्षण तथा सुपरिवेक्षण गर्ने गराउने Multidisciplinary Team को व्यवस्था गर्ने सोँच पनि छ । धितो भनेको परियोजनाले सृजना गरेको चल अचल सम्पति मात्र लिने हो । यसका अलावा थप धितो मागिदैन ।

फरक खालको बैंकको नेतृत्व गरिरहँदा वित्तिय क्षेत्रका समस्या के के देख्नु भएको छ ? 

वाणिज्य बैंक र हाम्रो कार्यक्षेत्र त विल्कुलै फरक छ र स्वभाव पनि धैरै हदसम्म भिन्न छ । हामी भनेको विशेषतः पूर्वाधारमा विशेषज्ञता राख्ने वाह्य विशेषज्ञ व्यक्ति /फर्म/ कम्पनीहरूसँग सहकार्य गर्ने र बैंकको कर्मचारीलाई पूर्वाधार सम्बन्धी विषयहरूमा केन्द्रीत गराइ क्षमता अभिवृद्धी गर्दै पूर्वाधारमा लगानीको जोखिमलाई न्यूनीकरण तथा विविधिकरण गर्दै अगाडी बढ्नुपर्छ । यही नै हाम्रो विशेषता हो । 

अर्को गम्भिर विषय भनेको सम्पत्ति र दायित्वको मेल गराउँदै लैजान सक्ने क्षमता हो । वित्त बजारबाट अपेक्षित आकारको स्रोत संकलन तथा परियोजनाहरूको विशिष्टिकृत मुल्यांकन र निरीक्षण सम्बन्धी आवश्यक कार्यविधि, प्रकृया र सोसँग सम्बन्धित उपकरण लगायतका विषयहरूमा हाल केही असमन्जस्यता देखिएतापनि समयसँगै यस बैंकले सोमा परिपक्वता र अनुभव प्राप्त गर्दै जानेछ ।  

यो बैंक स्थापना हुँदा जति अपेक्षा गरिएको थियो त्यति काम भएन भन्ने गुनासो पनि छ नि यसमा के भन्नु हुन्छ ? 

मैले अघि पनि भने संचालनको शुरुको वर्ष हामी मुख्यतः नीति तथा योजना निर्माणको तहमा धेरै कार्यहरू अगाडी बढाइएको छ । बैंकलाई पहिलो वर्ष रणनीतिक रुपमा सवल बनाउने छौं र सोही रणनीतिको आधारमा आउँदा वर्षहरूमा स्रोत संकलन र लगानी विस्तारलाई तीब्रता दिनेछौ । 

१,२, ३... गरेर यो यो गर्यौ भन्ने भन्दा पनी संचालनको शुरुवाती अवस्था भएकोले अहिले हामी मुख्यतः नीति तथा योजना निर्माणका साथै उपयुक्त परियोजनाको छनोट गरी लगानी गर्ने र विशेषतः विदेशी बजारबाट स्रोत संकलन गर्ने तर्फ बढी केन्द्रीत भई अगाडी बढिरहेका छौ । 

अन्त्यमा आईपीओ खुल्ने पुर्वसन्ध्यामा लगानीकर्तालाई केहि भन्न चाहनुहुन्छ ? 

म लगानीकर्तालाई के कुरामा आश्वस्त तुल्याउन चाहन्छु भने हामीले गर्ने लगानी भनेको देशको पूर्वाधार विकासमा गर्ने लगानी हो । यो मुलुकको समग्र संमृद्धि एवम् आम नागरिककको जीवनस्तर उठाउन तर्फ केन्द्रीत रहने हुँदा यस बैंकको औचित्य एवम् आवश्यकता अन्ततः काल सम्म रहन्छ । नेपाल सरकार सहित नियमनकारी निकायको प्रत्यक्ष निगरानीमा रहि आफ्नो व्यवसाय विस्तार गर्ने भएको हुँदा जोखिम व्यवस्थापन पनि सोहि अुनुरुप हुँदै जाने भएकोले म लगानीकर्ताहरूलाई  ढुक्क भएर आईपीओमा लगानी गर्न आश्वस्त गराउन चाहन्छु ।   

प्रतिक्रिया दिनुहोस