
काठमाडौं । बीमा कम्पनीहरूले २१ हजार ५ सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी गरेका छन् । बीमा कम्पनीहरूले मंगलबारसम्म २ अर्ब ९६ लाख रुपैयाँ भुक्तानी गरेका बीमा समितिका कार्यकारी निर्देशक राजुरमश पौडेलले जानकारी दिए ।
अहिलेसम्म दाबी भुक्तानीका लागि निवेदन दिनेमध्ये १६० जना संक्रमितले भने भुक्तानी नपाउने भएका छन् । कोरोना बीमा मापदण्ड अनुसार कागजपत्र पुरा नभएकाले भुक्तानी नपाउने भएका हुन् बीमितले पेश गरेको फाइल पुरा नभएकाले समितिले २५ सयवटा फाइल बिमा कम्पनीहरूलाई नै फिर्ता पठाएको छ ।
कोरोना बीमा गराएका निर्जीवन कम्पनीहरूमा अहिलेसम्म ४१ हजार जनाले कोरोना बीमाको दाबीका लागि आवश्यक काजगपत्र बुझाएका छन् । अझै २० हजार जनाभन्दा धेरैले दाबी भुक्तानी पाउन बाँकी रहेको छ ।
समितिका अनुसार तीन हजार सात सय जनाको दाबी भुक्तानी अन्तिम चरणमा पुगेको छ । सात हजार २५४ जनाको कोरोना परीक्षणको रिपोर्ट पुनः परीक्षणको लागि पठाइएको छ ।
कोभिड पोजेटिभ आएकाले डराउनु पर्दैन, हामी भुक्तान गर्छाै,’ कार्यकारी निर्देशक पोडेलले भने ‘कम्पनी तथा समितिले गरेको प्रतिवद्धताभन्दा माथिको रकम सरकारले भुक्तान गर्छ । यसमा कसैले पनि भ्रम हुनु पर्दैन । अहिले पनि भुक्तान भइनै रहेको छ । ’
अहिलेसम्मको दाबी भुक्तानी कोरोना बिमाको पुलबाट भइरहेको छ । साढे तीन अर्ब रुपैयाँभन्दा माथिको दाबी भुक्तानी भने नेपाल सरकारले बेहोर्ने छ । पाइपलाइनमा भएका बीमितको दाबी भुक्तानी हुँदा पनि नेपाल सरकारको भागमा एक अर्ब भन्दामाथि पर्नेछ । कोरोना संक्रमण दर अझै पनि बढिरहेकाले बीमा कम्पनीहरूलाई यसको थप दायित्व परिरहने देखिएको हो ।
प्रतिक्रिया दिनुहोस