aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

नेपाल आयल निगम डिपोमा दुई करोड ५० लाखको लागतमा नयाँ प्रविधि जडान

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • आइतबार, १९ पुस २०७७
नेपाल आयल निगम डिपोमा दुई करोड ५० लाखको लागतमा नयाँ प्रविधि जडान
Jagadamba
LBEF

भैरहवा । वि.सं. २०३९ सालमा स्थापना भएको नेपाल आयल निगम लिमिटेड भलवारी रुपन्देहीले अत्याधुनिक लोड अनलोड गर्ने प्रविधि जडान गरेको छ । २ करोड ५० लाखको लागतमा निर्माण भएको प्रविधिबाट ३ ओटा अत्याधुनिक पम्प सञ्चालित छन् । ति पम्पबाट ८ घण्टामा करिब १० लाख लिटर पेट्रोलियम पदार्थ लोड गर्न सकिने भएको छ । उक्त प्रविधिको उद्घाटन नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति सचिव तथा निगमका सञ्चालनक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले गर्दै पेट्रोलियम पदार्थको माग दिनप्रतिदिन बढ्दै गएकोले छिटो छरितो ढङ्गबाट सेवाप्रवाह गर्न यो प्रविधि जडान गरेको बताए ।

आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने र प्रदेश सँगै अन्य कार्यक्षेत्रमा पनि प्रविधि जडान गर्दै जाने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । एपिआइ मापदण्डअनुसार पाइपलाइन जडान भएको बताउँदै निर्देशक पौडेलले ट्याङ्कर/ट्रक लोड गर्ने आधुनिक लोडिङ आम्स जडान गरिएको बताए ।

लुम्बिनी प्रादेशिक डिपोबाट रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, गण्डकी प्रदेशको स्याङ्जा र बाग्लुङ गरी ८ जिल्लामा पेट्रोलियम पदार्थ विक्री वितरण गर्दै आएको डिपो प्रमुख प्रलयङकर आचार्यले बताए ।

पछिल्लो पाँच वर्ष यता जनसङ्ख्या तथा उपभोक्ताको जीवनस्तरमा आएको सुधार, सडकमार्गको विस्तार, सवारी साधनको सङ्ख्यामा आएको वृद्धि, आर्थिक विकासका क्रियाकलापका कारण दोब्बरले पेट्रोलियम पदार्थको माग बढ्दै गएको तर पुरानो प्रविधिबाट दैनिक ८ घण्टामा ३ देखि ४ लाख लिटर सम्म लोड गर्न सकिने व्यवस्था थियो । 

नयाँ प्रविध जडान पश्चात् दैनिक ८ घण्टामा १० देखि ११ लाख लिटर डिजेल, ३ लाख लिटर पेट्रोल, मट्टितेल र हवाई इन्धन लोड गर्न सकिने प्रमुख आचार्यले बताए । प्रादेशिक डिपो भलवारीले समयको माग र बढ्दो सवारी साधनको चापलाई मध्यनगर गरी १ सय ओटा ट्याङ्कर कार्यालय परिसर भित्र पार्किङ् गर्ने व्यवस्था मिलाएको छ । 
 

प्रतिक्रिया दिनुहोस