aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

‘ग्राहकहरुलाई गुणस्तरिय सिमेन्ट दिन सधै प्रतिबद्ध छौँ । ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ पुस २०७७
Reliance life insurance
‘ग्राहकहरुलाई गुणस्तरिय सिमेन्ट दिन सधै प्रतिबद्ध छौँ । ’
रमेश थापा, अर्घाखाँची सिमेन्टका सहायक महाप्रवन्धक
Jagadamba
LBEF

ठूला व्यवसायिक घरनाहरूको लगानी रहेको अर्घाखाँची सिमेन्ट देशकै दोस्रो ठूलो प्लान्ट भएको सिमेन्ट उद्योग हो । सन् २०१५ मा स्थापना भएकोे यो सिमेन्ट उद्योगले आफ्नो क्षमता बढाएर दैनिक ३३ सय टनले पुर्याएको छ । उद्योगमा डेनमार्कको एफएल स्मिथ कम्पनीको भीआरएम प्रविधि जडान गरिएको छ । उद्योगबाट उत्पादित सिमेन्ट ठूला ठूला परियोजनामा प्रयोग भइरहेको छ । वातावरणमैत्री उद्योगका रुपमा चिनिएको अर्घाखाँची सिमेन्ट उद्योगले २ मेगावाट बिजुली पनि उत्पादन गरिरहेको छ । आम उपभोक्ताले कसरी सिमेन्टको गुणस्तर छ्ट्याउनेदेखि कति अवधिसम्म सिमेन्ट प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा अर्घाखाँची सिमेन्टका सहायक महाप्रवन्धक रमेश थापासँग गरिएको आर्थिक बहसः

सिमेन्ट गुणस्तर उपभोक्ताले कसरी छुट्याउने ? 

पहिलो कुरा उपभोक्ताले के ध्यान दिनु पर्र्छ भने सिमेन्टमा बारेमा नेपाल सरकारबाट गुणस्तर प्राप्त चिन्ह  छ की छैन ? अर्को कुरा सिमेन्टमा ग्रेड दिइएको हुन्छ । जुन ३३ ग्रेड, ४३ ग्रेड,५३ ग्रेड भनेर दिएको हुन्छ । सिमेन्टको स्ट्रेथको भनेको एक स्क्वायर मिटरले कति भार वहन गर्न सक्छ भन्ने हो ।  तीन दिन, ७ दिन, १४ दिन र २८ दिनको एउटा स्ट्रेथ दिइन्छ । यो २८ दिनमा कम्पिल्ट हुन्छ  । जस्तैः ५३ ग्रेडको सिमेन्ट भन्यो भने २८ दिनमा त्यसको भर बहन गर्न सक्ने क्षमता हुनु हो । कम्तीमा ३३ ग्रेड पाएको सिमेन्ट छ भने त्यो गुणस्तरीय सिमेन्ट हो भनेर बुझ्दा हुन्छ । 

यता कम्पनीको पनि आ–आफ्नो दाबी हुन्छ । आफ्नो ल्याबमा टेष्ट हुन्छ, ठूला ठूला प्रोजेक्ट चलाउँदा उनीहरु आफैले पनि टेष्ट गरेका हुन्छन् । साधारणतय ओपीसी सिमेन्ट ५३ प्लस र पीपीसी ३३ प्लसको सिमेन्ट गुणस्तरीय मानिन्छ ।

यसका साथै नेपालमा कहिलेकाही सिमेन्टमा एमजीओको कुरा आउँछ । यो विवादित कुरा पनि हो ।  अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तर विभागले चेञ्ज गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा ओपीसी सिमेन्टमा ६ र पीपीसीमा ६ प्लस एमजीओ हुने गरेको छ । 

अहिले हामी त हामी शुरुमा चुन ढुंगाको क्वालिटी हेर्छौ । त्यसपछि क्लिङकर बनाउँदा टेष्ट गर्छौ । त्यसपछिमात्रै हामी सिमेन्ट पनि टेष्ट गर्छौ । भारतबाट क्लिङकर ल्याउन कम्तिमा तीन महिनामा लाग्छ । त्यसले गर्दा पनि फरक पर्छ । यो जानाजान गरिएको हँुदैन । कतिपय टेष्ट गर्दा बजारमा कहिलेदेखि स्टक भएका सिमेन्ट लगेर टेष्ट गरिन्छ । त्यसले गर्दा पनि कारवाहीमा पर्ने गरिएको हो ।

 

ओपीसी र पीपीसीको ग्रेडिङ गर्ने मापदण्ड के के हुन् ? 

ओपीसी सिमेन्ट भनेको ९७ प्रतिशत क्लिंकर हुन्छ । त्यसमा जिप्सन हुन्छ । जिप्सम हालिएन भने त्यो सिमेन्ट बालुवा गिटीसँग जमिहाल्छ । घुलिएको मसला निर्माण कार्य अवधिभर नजम्ने बनाउनलाई जिप्सनको प्रयोग गरिन्छ । पीपीसीमा ७५ प्रतिशतसम्म क्लिंकर, २५ प्रतिशत प्लाइएस हुन्छ । त्यसमा ३ टू ५ प्रतिशत जिप्सन हालिएको हुन्छ । 

 के का लागि कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने ? खासमा दिगो, भरपर्दो चाहिँ कुन हो ?  

प्रायजसो सबै सिमेन्टको दिगोपना उतिकै नि हुन्छ । साधारणतया ओपीसी सिमेन्टबाट ठलान गर्ने काम गरिन्छ । ओपीसीमा स्ट्रेन्थ हाई हुन्छ, त्यसैले ठलान गर्नको लागि प्रयोग गर्ने गरिएको हो । पीपीसीको तुलनामा यसको भारवहन क्षमता बढी हुने हुन्छ । रड, गिटी, पानी मिक्स गरिएकोमा ओपीसी सिमेन्ट प्रयोग गुर्नपर्छ भने  बालुवा र सिमेन्ट मात्र लाग्यो भने त्यहाँ पीपीसी सिमेन्ट प्रयोग गर्ने गरिन्छ ।


सिमेन्ट प्रयोग गर्ने अवधि पनि हुन्छ भनिन्छ । उत्पादन भएको कति समयसम्म प्रयोग गर्दा राम्रो मानिन्छ ? 

सिमेन्टको बोरामा एक्सपायर डेट नै त तोकिएको हुँदैन । सिमेन्ट उत्पादन भएको कम्तीमा ३ महिनासम्ममा सिमेन्ट प्रयोग गर्दा राम्रो र गुणस्तीय मानिन्छ । यसमा पनि सिमेन्ट कसरी स्टोर गरिएको हुन्छ भन्नेमा भर पर्छ ।

नेपालमा उत्पादन भएको सिमेन्ट ठूला पूर्वाधारलाई प्रयोग गर्न क्वालिटी नपुगेर हो की ? ठूला पूर्वाधार बाहिरका मान्छेले बनाएको भएर बाहिरबाट ल्याएको हो ? 

नेपाली सिमेन्ट प्रयोग भएको नै छैन भन्न मिल्दैन । अहिले बनिरहेको सुरुङमार्गदेखि धरहरा बनाउनसम्म हाम्रै अर्घाखाँची सिमेन्ट प्रयोग गरिएको छ । ड्याम्पहरू बनाउने ठाउँमा फाष्ट सेटिङ हुने खालको सिमेन्ट चाहिन्छ । यस्तो ठाउँमा केमिकल प्रयोग वित्तीकै तुरुन्त सेट हुने खालको सिमेन्ट हुनुपर्दछ ।  त्यस्तो सिमेन्ट भने हामीले उत्पादन गरेका छैनौ । तर गुणस्तरको मामिलामा हामी कुनै विदेशी सिमेन्ट भन्दा कम छैनौ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसक्यो र पनि बाहिरबाट सिमेन्ट आयात गरिन्छ । यसको खास कारण के हो ? 

अहिले सीमा नाकाहरूमा बाहिरका सिमेन्ट प्रयोग भएका छन् । नत्र, अन्य ठाउँमा ठूला पूर्वाधार आयोजनामा पनि प्रयोग गर्न बाहिरको सिमेन्ट आयात गरिएको छैन । 

सिमेन्ट बाहिर निर्यात गर्न कतिको सहज छ ? 

सिमेन्ट निर्यात गर्नु जुन देशमा निर्यात गर्न खोजिएको छ त्यो देशको सरकारले पलह गर्नु पर्यो, त्यस्तै उनीहरूको देशको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नु पर्यो भने मात्र सहज छ । जहाँ हामी व्यापार गर्छौं त्यो देशसँग आफ्नो सम्बन्धसँग सुविधा भयो भने निर्यात गर्न सकिन्छ । 

लकडाउनका कारण कतिपय उद्योग विस्थापित भए, कतिपय घाटामै पनि चलिरहेका छन् । सिमेन्ट उद्योगहरूको अवस्था कस्तो छ ? 

लकडाउनका कारण सिमेन्ट उद्योग बन्द नै त भएका छैनन् । जुन उद्योगले आफ्नै क्लिंकरमा सिमेन्ट उत्पादन गरिरहेका छन् उनीहरुको अवस्था राम्रै छ । जसले अन्यसँग क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गरिरहेका छन् उनीहरूको अवस्था मध्यम छ । मध्यम भएपनि उद्योग चल्नसक्ने क्षमता छ बन्द नै गर्नु पर्ने स्थिति चाँही छैन ।

सिमेन्ट बिक्रि वितरणमा सिमेन्ट उत्पादक र उपभोक्ताबीचको काम बिचौलियाले गरिरहेका हुन्छन् । धेरै जसो पैसा बिचौलियाले लिएको हुन्छ उद्योगसम्म आइपुग्दैन भन्छन् नि ? 

लकडाउन पछि सबै कम्पनीहरू मिलेर के बनाइएको छ भने अबको बिजनेश सबै क्यासमा गर्ने र जुन सेक्युर क्रेडिटमा गर्ने भन्ने छ । त्यो बैंक ग्यारेन्टी, एलसीमार्फत काम गर्ने भनिएको छ । ओपनडेट चाहि लिनै पर्छ भनेर काम अगाडि बढेका छौं । डिलर भनेर एउटा लगानीकर्ता नै हो । उसले उद्योगबाट सिमेन्ट लान्छ नाफा खाएर बेच्छ ।  

अहिले सिमेन्टको मूल्य बढेको हो ?  

अघिल्ला वर्षको तुलनामा सिमेन्टको मूल्य अहिले पनि कम नै हो । तर, अलिक अगाडिको समय भन्दा अहिलेको सिमेन्ट मूल्य सय बढी हो । कतिपय सिमेन्ट कम्पनीले बजारमूल्य भन्दा कम मूल्यमा सिमेन्ट बिक्रि गरे भन्ने आरोप पनि छ । साधारणतया ब्राण्ड भ्यालु भएको कम्पनीहरूले बजार मूल्य भन्दा कम मूल्यमा सिमेन्ट बेचेका त छैनन । तर, कतिपय नयाँ कम्पनीहरुले हामीसँगै क्लिंकर किनेर लगेर सिमेन्टको बजार मूल्य भन्दा कम मूल्यमा बिक्रि पनि गरेका छन् ।  

समेन्ट उत्पादनमा लागेको कस्ट भन्दा कम मूल्यमा सिमेन्ट बिक्रि गरेका छन् भने उनीहरूले केहि न केहि गडबढ गरेका हुन्छन् । यस्तो गर्ने केहि केहि कम्पनी मात्रै छन् । 

सिमेन्ट उत्पादन गर्ने कम्पनीहरु बढिरहेका छन् । मार्केट यति सानो छ । सिमेन्ट उद्योगमा पनि ७० प्रतिशत बैंकको फाइनान्स छ भनिन्छ । यी कम्पनीले राम्रो प्रफरमेन्स गर्न सकेनन् भने त बैंकलाई पनि असर पर्छ नि । यसले इकोनोमीलाई नै ड्यामेज गराउन सक्दैन ?   

सिमेन्टको हकमा यो अवस्था आउँदैन । अहिले जति पनि सिमेन्ट कम्पनीहरू आइरहेका छन् तिनीहरू क्लिंकर सहित आएका छन् । हामीले इन्डियाबाट खरिद गरेर ल्याउनु पर्ने क्लिंकर आफ्नै भएपछि क्लिंकर बेचेरै पनि यो अवस्था आउन दिदैनन् । बरु इकोनोमी डामाडोल हुनुको सट्टा राज्यलाई आर्थिक टेवा पुग्छ । 

अर्घाखाँची सिमेन्टले आफ्ना ग्राहकहरुलाई नयाँ केहि स्कीमा ल्याउँदैछ ? 

त्यस्तो नयाँ नै त केहि छैन । नयाँ भन्दा पनि ग्राहकलाई पहिलो कुरा गुणस्तर नै चाहिन्छ । हामी आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सिमेन्ट दिन सधै प्रतिबद्ध भएर काम गरिरहेका छौँ । 


 

प्रतिक्रिया दिनुहोस