रसुवागढी र साञ्जेनको आईपीओ सर्वसाधारणलाई पहिला आउने, स्थानीयले पछिमात्रै पाउने - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 
रसुवागढी र साञ्जेनको आईपीओ सर्वसाधारणलाई पहिला आउने, स्थानीयले पछिमात्रै पाउने

रसुवागढी र साञ्जेनको आईपीओ सर्वसाधारणलाई पहिला आउने, स्थानीयले पछिमात्रै पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ मंसिर २०७५
Sunrise bank
रसुवागढी र साञ्जेनको आईपीओ सर्वसाधारणलाई पहिला आउने, स्थानीयले पछिमात्रै पाउने
LBEF
NCH-IPS

काठमाडौं, मंसिर १३ । गत असारमा रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीले रसुवाको सदरमुकाम धुन्चेमा एक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरे । कार्यक्रमको प्रमुख उद्देश्य थियो, ती दुई आयोजनाले स्थानीयबासीलाई साधारण शेयर बिक्री गर्ने र त्यसको लागि वातवारण बनाउने ।

आयोजनाका तर्फबाट शेयरको लाभ हानीका विषयमा राम्रै प्रस्तुति पनि गरियो । सकेसम्म स्थानीयलाई विश्वासमा लिने प्रयास पनि गरियो । आयोजनाका प्रमुख तथा जानकारले राम्रै प्रवचन पनि दिए । तर, स्थानीयबासी तत्काल साधारण शेयर खरिद गर्ने अवस्थामा पुगेनन् ।

भूकम्पपछिको पुनर्निर्माणमा लागेको, आफूहरुसँग करिब एक अर्ब रुपैयाँबराबरको शेयर खरिद गर्ने रकम नभएको भन्दै उनीहरुले गुनासो गरे । स्थानीयबासीको चर्को विरोधपछि आयोजनाका प्रमुख तथा जानकार चुपचाप कार्यक्रमबाट फर्किए । कारण थियो, स्थानीयले साधारण शेयर खरिद गर्न मानेनन् ।

स्थानीयबासीले कानुनी जटिलता फकाउन र त्यसका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डलाई आग्रह गर्न समेत सुझाव दिए । सोही सुझावलाई लिएर आयोजना प्रमुख तथा पदाधिकारी फर्किएका थिए ।
कम्पनीलाई स्थानीयबासीको सुझाव ठिकै लागे पनि कानुनी प्रबन्ध अनुसार पहिला स्थानीयबासी अर्थात् आयोजना प्रभावितलाई नै साधारण शेयर बिक्री गर्नुपर्ने व्यवस्था छ ।

स्थानीयबासीको माग बमोजिम नै रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले धितोपत्र बोर्डलाई आग्रह गरे । सोही आग्रहका आधारमा पछिल्लोपटक बोर्डले स्थानीयबासीलाई साधारण शेयर दिनुभन्दा पहिले नै सर्वसाधारणलाई शेयर दिन सक्ने व्यवस्थामा परिवर्तन गरिदिएको छ ।

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । स्थानीयले कुनै कारणवश शेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्कासन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

बोर्डले गत कात्तिक १२ गते नै उक्त निर्देशिका संशोधन गरिएको जनाएको छ । स्थानीयभन्दा अघि सर्वसाधारणलाई शेयर निष्कासन गरे त्यस्ता संस्थाले आयोजना प्रभावितका लागि निष्कासन गर्ने शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जलविद्युत् कम्पनीले सार्वजनिक निष्कासन गरेको ६ महिना वा विद्युतको उत्पादन शुरु हुनुभन्दा ३ महिनामा जुन पहिला हुन्छ सो समयभित्र स्थानीयलाई शेयर दिनुपर्ने छ ।

सोही प्रावधानमा आधारमा अब रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरिरहेका छन् । आगामी पुसको अन्तिम सातासम्म दुवै कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस