aarthiknews.com शनिबार, ०३ माघ २०७७   Saturday, 16 January, 2021
 
tater Group

‘अबको वैदेशिक व्यापार डब्लुटीओको सिद्धान्तअनुसार हुनुपर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ पुस २०७७
‘अबको वैदेशिक व्यापार डब्लुटीओको सिद्धान्तअनुसार हुनुपर्छ’
LBEF

काठमाडौं । अबको अन्तर्राष्ट्रिय व्यापार विश्वव्यापार संगठन(डब्लुटीओ)को सिद्धान्त अनुसार हुनुपर्ने व्यवसायी/व्यापारीहरूले बताएका छन् । विश्वमा धेरै मुलुकले डब्लुटीओको सिद्धान्तअनुसार व्यापार व्यवसाय गरेपनि नेपालले त्यसको अवलम्बन नगर्दा नेपालीले उपयोग गर्ने वस्तु मह्गो पर्न गएको उनीहरूले बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले डब्लुटीओ सिद्धान्त अनुसार भन्सार दर घट्दै जानुपर्नेमा अहिलेसम्म पुरानै दररेटमा वस्तु आयात गर्नु परेको गुनासो गरे । ‘४० प्रतिशत भन्सार महसुललाई घटाएर २५ प्रतिशतमा झार्नुपर्छ,’ उनले भने ‘अनिमात्र उद्योगको कष्ट अफ प्रडक्शन घट्छ र सस्तोमा आम उपभोक्ताले वस्तु खरिद गर्न पाउँछन् । विश्वका कतिपय मुलुकमा शुन्य भन्सारदरमा व्यापार भइरहेपनि नेपालले भने त्यस्तो नीति अवलम्बन गर्न नसकेको उनले बताए । ‘अबको अन्तर्राष्ट्रिय व्यापार भनेको डब्लुटीओको मान्यता अनुसार हुनुपर्छ,’ उनले भने । 

अध्यक्ष शाक्यले कोरोनाका कारण अर्थतन्त्र विषम अवस्थामा परेकाले मूल्य अभिवृद्धि कर (भ्याट)को दर पनि १० प्रतिशत बनाउनु पर्ने धारणा राखेका छन् । अन्य ठूला संस्थालाई १३ प्रतिशत नै राखिएपनि आम उपभोक्तालाई भने सरकारले भ्याजको दर घटाएर राहत दिनुपर्ने बताए । सरकारले समय र परिस्थिति अनि विश्व परिवेशलाई नियालेर करका दरहरू परिमार्जन गर्नुपर्ने अध्यक्ष शाक्यले आफ्नो धारणा राखेका हुन् ।

अध्यक्ष श्रेष्ठले भने ‘भ्याटलाई १० प्रतिशतबाट घटाएर ७ प्रतिशत बनाउने छलफल भइरहँदा १३ प्रतिशत पुर्याइएको थियो । अहिले विषम परिस्थिति छ १० प्रतिशतमा झार्नुपपर्छ ।’ । त्यसैगरी उनले भ्याटको थ्रेस होल्डप नि ५० लाखबाट बढाएर एक करोड बनाउनुपर्ने सुझाव दिएका छन् । 

म्याद गुज्रिएका मालवस्तुको भ्याट फिर्ता पाउनु पर्ने

उद्यमी व्यवसायीहरूले कोरोनाका कारण बिग्रिएका मालवस्तुको भ्याट फिर्ता पाउनु पर्ने माग रोखेका छन्  । बजारमा वस्तु बिक्री लागि गएपनि लामो समयसम्म त्यति कै रह्दा धेरे मालवस्तु कुहिएर तथा म्याद नाघेर बिग्रिएको अवस्था छ । यस्तो अवस्था बिक्री नभएको सामानको भ्याट हामीले फिर्ता पाउनु पर्छ,’ अध्यक्ष श्रेष्ठले भने । 

कारोबार मूल्यले मान्यता पाउनु पर्ने

अध्यक्ष श्रेष्ठले कारोबार मूल्यलाई मान्यता दिनुपर्ने पनि उनले बताएका छन् । ‘कारोबार मूल्यले मान्यता नपाउँदा व्यवसायीहरूले दुःखपाइरहेका चेम्बरको भनाइ छ । भन्सार विन्दुमा आयातकर्ताले घोषणा गरेको मूल्यलाई नै मान्यता दिनुपर्छ । भन्सारको अन्तर्राष्ट्रिय मान्यताअनुसार भन्सार विन्दुमा सन्दर्भ मूल्य सूची राख्न र प्रयोग गर्न पाइँदैन । तर, नेपालमा सरकारले दुबै मर्म र मान्यतालाई उल्लंघन भएको छ ।

व्यवसायीसँग चेकको चाङ
अहिले व्यवसायीहरूसँग चेकको चाङ छ । यसरी थुप्रिएर बसेको चेक सरकारी राजस्व तिर्न उपयोग गर्न पाउनु पर्ने माग पनि उनले सरकार समक्ष राखेका छन् । व्यवसायीसँग चेक भएपनि नगद नहुँदा राजस्व तिर्न अप्ठ्यारो परेको अवस्था छ । यस्तो अवस्थालाई मध्येनजर गर्दै व्यवसायीसँग भएको चेक राजस्व प्रयोजनको लागि उपयोग गर्न पाए व्यवसायीलाई राहत मिल्ने बताइएको हो । 
प्रत्येक व्यवसायीसँग चेकको चाङ छ तर, साट्न सकिएको छैन, चेम्बरका अध्यक्ष शाक्यले भने ‘बैंकहरूले चेक नसाट्दा बाउन्स भएर बसेको अवस्था छ ।’ यसका लागि कडा नीति ल्याउनु पर्ने उनले बताए । 


 

प्रतिक्रिया दिनुहोस