aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

दैनिक घण्टौ बत्ती गइरहन्छ तर लोडसेडिङ हो भन्न नमिल्ने प्राधिकरणको दावी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १० पुस २०७७
दैनिक घण्टौ बत्ती गइरहन्छ तर लोडसेडिङ हो भन्न नमिल्ने प्राधिकरणको दावी
NIBL

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चरम लापर्बाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको छ । पछिल्लो समय काठमाडौंलगायत देशभरका सानाठूला सहरमा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको छ । अघोषित लोडसेडिङका कारण प्राधिकरणको वर्तमान नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुन थालेको छ ।

प्राधिकरणको फितलो व्यवस्थापनका कारण पछिल्लो समय बत्ती आउने–जाने क्रम बढ्न थालेको गुनासो गरिएको छ । काठमाडौंलगायत देशका विभिन्न सहरमा बिहानदेखि रातिसम्म दर्जनांै पटक लाइन आउन–जाने क्रम जारी रहेको सर्वसाधारणको गुनासो छ ।

यतिबेला सर्वसाधारणले सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट प्राधिकरणको व्यवस्थापनप्रति औंला उठाइरहेको पाइन्छ । प्राधिकरणका अनुसार मंगलबारको ग्राफ हेर्दा ‘पिक हावर’मा अहिलेसम्मको सबैभन्दा बढी १४ सय ४३ मेगावाट पुगेको थियो ।

जब कि त्यसै दिन राति ७१५ मेगावाटसम्म विद्युत् खपत भएको थियो । गत वर्षको सोही दिन १२ सय ६५ मेगावाट विद्युत् मात्रै माग भएको थियो ।

यसरी हेर्दा झन्डै दुई सय मेगावाट विद्युत् माग बढेको छ । विद्युत् माग बढ्दा सिस्टममा ओभर लोड भएर केही प्राविधिक समस्या देखिएकाले यसलाई लोडसेडिङ भएको भन्न नमिल्ने प्राधिकरणको दाबी छ । 

प्रतिक्रिया दिनुहोस