aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

मिथिला डिपार्टमेन्टमा भीषण आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
Reliance life insurance
मिथिला डिपार्टमेन्टमा भीषण आगलागी
फाइलः तस्विर
Jagadamba
LBEF

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । बिहान करीब १०:३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ  ।

 नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ । 

धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन । डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले आगलागीले रू पाँच करोड बराबरको सामान जलेर नष्ट भएको बताए ।रासस

प्रतिक्रिया दिनुहोस