aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

नेपाल पुनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा पुस २९ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
Reliance life insurance
नेपाल पुनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा पुस २९ मा
Jagadamba
LBEF

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाँचौ वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कार्की ब्याक्वेट बबरमहलमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।

सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारीत गर्ने र  आव २०७६÷७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सञ्चालक समितीको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्त अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने  विशेष प्रस्ताव पारीत गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएकामा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १६ गते बन्द रहनेछ ।
 

प्रतिक्रिया दिनुहोस