aarthiknews.com शुक्रबार, २२ साउन २०७८   Friday, 06 August, 2021
 
everest bank

सांसदहरु पुगे सर्वोच्चको ढोकामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
Nabil Bank
सांसदहरु पुगे सर्वोच्चको ढोकामा
LBEF

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको संसद विघटनगर्ने निर्णयविरुद्ध कानुनी उपचारको ख्जिमा प्रतिनिधिसभाका सदस्यहरु लागेका छन्। मंगलबार सो सम्बन्धी रिट लिएर उनीहरु सर्वोच्च अदालत पुगेका हुन् । समाचार स्रोतका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु देव गुरुङ, रामकुमारी झाँक्री लगायतका सांसदहरु रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

उनीहरुले तयार गरेको रिटमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको उल्लेख गरिएको छ। सो रिटमा प्रधानमन्त्रिको सिफारिस कै भरमा राष्ट्रपतिबाट संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

सांसदहरुको रिटमा भनिएको छ, ‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं ।' रित निवेदनमा अगाडी लेखिएको छ, 'मिति २०७७-९-५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस्’  ।

सर्वोच्च स्थित स्रोथ्का अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस