
काठमाडौं । चालू आर्थिक वर्षको पचार महिनामा ४ प्रतिशत भन्दा बढीले मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले निकालेको चालू आवको पहिलो चार महिनाको वित्तिय विवरण अनुसार कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०५ प्रतिशत रहेको देअिएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ ।
२०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारी उपसमुहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ६.५० प्रतिशत, ६.०४ प्रतिशत, ४.५६ प्रतिशत र ४.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
त्यस्तै, समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ६.५० प्रतिशत, ६.०४ प्रतिशत, ४.५६ प्रतिशत र ४.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस