स्मार्ट पाकिङ भोलिदेखि, बुकिङको लागि एप्स डाउनलोड गर्नु भयो ? - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
Bajaj_Bike

स्मार्ट पाकिङ भोलिदेखि, बुकिङको लागि एप्स डाउनलोड गर्नु भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
Sunrise bank
स्मार्ट पाकिङ भोलिदेखि, बुकिङको लागि एप्स डाउनलोड गर्नु भयो ?
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौंको पाकिङ समस्या हल गर्ने उद्देश्यले भोलि आइतबारदेखि स्मार्ट पाकिङ सेवा शुरु हुने भएको छ । उक्त पाकिङका लागि घरबाटै आफूलाई आवश्यक र उपयुक्त पार्किङ स्लट बुकिङ गर्न सकिने व्यबस्था रहेको जनाइएको छ । 

काठमाडौं महानगरपालिकाले यात्रुको सुविधाको लागि बिहिबारदेखि न्युरोडमा स्मार्ट पार्किङ सञ्चान गर्ने भएको हो । स्मार्ट पार्कको लागि  तीन महिना अघिदेखि ह्विल्स ट्रलियोर्स कम्पनी र महानगर बिच सम्झौता  भएको थियो ।  

उक्त पार्कमा पार्किङ गर्नको लागि १५ मिनेट अगाडि नै बुक गर्नु पर्दछ । बुक गर्दा गाडि वा बाइकको नम्बर समेत टिपाउनु पर्ने हुन्छ । आफुले बुकिङ गरेको १५ मिनेटसम्म पनि पार्किङ गर्न नगए  पार्किङ स्वत रद्द हुनेछ । मोटरसाइकलको प्रतिघण्टाको  २५ रूपैंया र गाडीको ६० रूपंैया तिर्नुपर्छ । बुकिङ गरेको समयबाट नै उक्त शुल्क लाग्ने महानगरले जनाएको छ । 

स्मार्ट पार्किङमा ६० वटा गाडी र ८ सय बाइक पार्किङ गर्ने सकिनेछ । उक्त पार्किङमा बिहिबारदेखि एक सातासम्म  परिक्षण अवधि भनिएको थियो  । तर उक्त अवधिमा काम नसकिएकाले आउदो आइतबारदेखि स्मार्ट पाकिङ सेवा शुरु गर्ने भनिएको छ । 

शुरूमा न्युरोड क्षेत्रको पाँच स्थानमा सञ्चालन गर्ने तयारी गरिएको छ । रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्ममथ र पाकोमा स्मार्ट पार्किङ लागु हुने छ ।  

 काठमाडौं उपत्यकामा सुविधायुक्त पार्किङ नहुँदा अव्यवस्थित पार्किङले झन जटिल समस्या निम्त्याउने भएका कारण महानगरले उक्त पार्किङको व्यवस्था गरेको हो । 

काठमाडौं उपत्यकामा बन्न लागेको पार्कको लागि घरमै बसेर र वा अन्य ठाउँबाट पनि पार्किङ बुकिङ गर्न सकिने छ । यसको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गरी डाउनलोडपछि आफुलाई उपयुक्त लाग्ने पार्क छनोट गरी बुक गर्न सकिने छ । 

उक्त पार्कमा ६० वटा भन्दा बढि सिसिक्यामेरा जडान गरिएको छ । पार्किङलाई मर्यादिद र व्यवस्थित बनाउन ५५ जना पार्किङ अटेण्डेन्ड खटाइने जनाएको छ । 

कस्तो हुन्छ स्मार्ट पार्किङ
स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिनेछ । एप डाउनलोडपछि आफूलाई पायक पर्ने ठाउँमा बुक गर्न सकिनेछ । एपमा रियल टाइम देखिनेछ । जसले पार्किङ स्पेस हेर्न सहज हुनेछ ।

पार्किङका लागि १५ मिनेटअघि बुकिङ नगरे बुकिङ गर्दा बाइक वा गाडीको नम्बर समेत इन्ट्री गर्नु पर्नेछ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस