aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

‘नीम-जी’ ईलेक्ट्रिक अटो नेपाली बजारमा, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
Reliance life insurance
‘नीम-जी’ ईलेक्ट्रिक अटो नेपाली बजारमा, यस्ता छन् विशेषता
Jagadamba
LBEF

काठमाडौं । नेपालको एक प्रतिष्ठित ब्यबसायीक संस्था हिमालय अर्गनाइजेशन अर्न्तगतको हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटकको फूलचार्जबाट १३० कि.मि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित ‘नीम-जी’ ईलेक्ट्रिक अटो नेपालको बजारमा ल्याएको छ । आज एक कार्यक्रमको आयोजना गरेर उक्त अटो लञ्च गरिएको हो । 

नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएता पनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात ब्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् । यसैक्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित इलेक्ट्रोनिक अटो नीम जीको नेपाल अधिराज्यभर आजदेखि बिक्री बितरणको शुभारम्भ गरेको हो ।  

यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर, ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने कुराको जानकारी हिमालय मोटराडका अध्यक्ष धुब थापाले जानकारी दिए । 

सोही कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका तर्फबाट आउनुभएका प्रतिनिधी फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गरााएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको ब्याट्रीमा ८ बर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको कुरा बताए ।

उक्त कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरव थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो , उच्चत्तम गति ५० कि.मि.प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेतरहेको कुराको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस