
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ ।
प्रतिक्रिया दिनुहोस