aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

गुगल र अमेजनलाई फ्रान्समा १३.५ करोड युरो जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ मंसिर २०७७
गुगल र अमेजनलाई फ्रान्समा १३.५ करोड युरो जरिवाना
NIBL

एजेन्सी । फ्रान्सको नेशनल कमिशन अन इन्फर्मेटिक्स एण्ड लिभर्टी अमेजन र गुगललाई १३.५ करोड युरो जरिवाना गरेको छ । उनीहरुले इन्टरनेट प्रयोगकर्ताहरुको ट्रायकिङ गरि कुकीज पठाउने र त्यसमार्फत विज्ञापन गर्ने कामका लागि पुर्व अनुमति नलिएका कारण फ्रान्सेली सरकारले जरिवाना गरेको हो । 

व्यक्तिगत डेटामाथी निगरानी गर्ने प्रान्सको यो सरकारी निकायले गुगललाई १० करोड युरो र अमेजनलाई ३.५ करोड युरो जरिवाना तिर्न आदेश दिएको छ । यो निकायले यी दुई कम्पनीहरले इन्टरनेट प्रयोगकर्ताहरुरसँग पुर्व सहमति नलिईकिन विज्ञापनका कुकीज पठाएका कारण जरिवाना गर्ने निर्णय गरेको हो । समाचार एजेन्सीहरुका अनुसार यी दुर्बै कम्पनीले इन्टरनेट प्रयोगकर्ताका लागि त्यस्ता कुकीज स्विकार गर्ने वा नगर्ने भन्ने विकल्पसमेत दिएका थिएनन् । 

यस्तो कारबाहीमाथी प्रतिक्रिया दिँदै गुथलले भनेको छ, ‘जुन व्यक्तिहरुले गुगलको प्रयोग गर्छन् । उनीहरु हामीबाट आफ्नो गोपनियताको सम्मान हुन्छ भन्ने समेत विश्वास गर्छन । हामी यस विषयमा नेशनल कमिशन अन इन्फर्मेटिक्स एण्ड लिभर्टीसँग नियमित सम्पर्कमा छौँ ।’ 

त्यसैगरि, अमेजनले चाँही आफू नेशनल कमिशन अन इन्फर्मेटिक्स एण्ड लिभर्टीको निर्णयसँग असहमत रहेको प्रतिक्रिया दिएको छ । उसले आफूले फ्रान्सको कानुनको पुर्णरुपमा पालना गरेको समेत जिकिर गरेको छ । 

प्रतिक्रिया दिनुहोस