aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

डेंगुको महामारी : एक सय पर्ने किटको १३ हजारसम्म असुली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
Sunrise
HIb
डेंगुको महामारी : एक सय पर्ने किटको १३ हजारसम्म असुली
LBEF

एक महिनायता मुलुकको पूर्वी क्षेत्रमा डेंगु रोगको प्रकोप बढ्दै गएको छ । सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर छ । सुनसरीकै इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसम्म डेंगु फैलिएको पुष्टि भएको छ ।

स्थानीय र संघीय सरकारबीच समन्वय नहुँदा पूर्वी तराईका जिल्लामा डेंगुले महामारीको रूप लिएको हो । गत ३० वैशाखमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलोपटक डेंगु रोग निदान भएको थियो । त्यसयता दैनिक ३० जनासम्म डेंगुका बिरामी फेला पर्ने गरेको प्रदेश सरकारले जनाएको छ ।

सरकारले यस वर्ष डेंगु परीक्षण गर्न पाँच हजार डेंगु टेस्ट किट खरिद गरेको थियो । तर, डेंगु देखिने सिजन सुरु नहँुदै एक हजार किट सकिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट नियन्त्रण शाखाका प्रमुख घनश्याम पोखरेलले जानकारी दिए ।

महाशाखाका अनुसार यही अनुपातमा बिरामीको संख्या बढ्दै गए बर्खाअगाडि नै चार हजार किट सकिनेछ । ‘डेंगु परीक्षण गरेबापत स्वास्थ्य संस्थाहरूले दुई हजारदेखि १३ हजार रुपैयाँसम्म शुल्क लिएको सूचना महाशाखामा आएको छ,’ उनले भने । साढे पाँच सय डेंगुका रोगी भेटिए पनि अहिलेसम्म कसैको मृत्यु नभएको उनले बताए । यो समाचार आजको समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस