aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

निर्माण सामग्रीको मूल्य बढ्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, १८ मंसिर २०७७
Reliance life insurance
निर्माण सामग्रीको मूल्य बढ्यो
Jagadamba
LBEF

काठमाडौं । पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले गिट्टी, बालुवा उत्खनन र नयाँ उत्पादनमा रोक लगाउँदा र अन्तरराष्ट्रिय बजारमा फलामे छड तथा कच्चा पदार्थ बिलेटको मूल्य बढेपछि यी निर्माण सामग्रीको मूल्यमा उच्च वृद्धि देखिएको हो । यद्यपि सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ ।

नेपालमा मङ्सिरदेखि जेठसम्मको सिजनलाई पूर्वाधार निर्माणको पिक’ सिजन नै मानिँदै आएको छ । तर, सिजनको शुरूमै अत्यावश्यक निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीहरू चिन्तित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यतिबेला निर्माण क्षेत्र सबै कुराबाट समस्याग्रस्त भएको बताए ।

‘सरकारले अवैध उत्खननमा रोक लगाउने भन्दै गरेको निर्णयले बजारमा अहिले गिट्टीबालुवाको अभावजस्तै देखिएको छ,’ सिंहले भने, ‘यी पदार्थ पाइए पनि मूल्य भने उच्च भएको छ । केही समयअघि काठमाडौंमा २२ हजारमा झारिने गिट्टीको मूल्य अहिले ३० हजारसम्म पुगेको छ ।’ यतिबेला गिट्टी, बालुवाको माग अधिक हुने भए पनि अभाव शुरू हुन थालेको उनको भनाइ छ । निर्माण व्यवसायीहरूले स्टकमा रहेको सामानको मूल्य ती व्यवसायीले जथाभावी बढाएको आरोप लगाएका छन् ।

अवैध रूपमा गिट्टीबालुवाको उत्खनन र क्रशिङ उद्योग सञ्चालन हुँदा पर्यावरणमा असर गरेको, सरकारलाई राजस्व पनि नआएको र पूर्वाधार आयोजनाहरू पनि प्रभावित भएको भन्दै सरकारले कात्तिक तेस्रो हप्ता यी सामग्रीको उत्पादन तथा उत्खननमा रोक लगाएको थियो । सरकारको यो कदमपछि अहिले गिट्टीबालुवाको अभाव हुन थालेको छ । मागअनुसार आपूर्ति नहुँदा मूल्य पनि वृद्धि भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढाले यी पदार्थको उत्पादन र उत्खननमा रोक लगाएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अध्ययन समूह बनाइएको र १ हप्तामा अध्ययन सक्ने भनिए पनि चाडपर्वलगायत कारणले केही ढिलाइ भएको बताए । उनले अध्ययनका क्रममा सरकारी मापदण्ड तथा नियमअनुसार चलेकालाई उत्पादन र उत्खननलाई निरन्तरता दिइने तर यस्तो नपाइए पहिला उत्पादित सामग्री विक्री गर्न दिए पनि पुनः उत्पादनमा रोक लगाउने बताए ।

महासंघले आइतवार प्रेस विज्ञप्ति जारी गरी सरकारको निर्णयपछि डन्डीको मूल्य प्रतिकेजी १५ देखि २० सम्म वृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर वृद्घि भएको उल्लेख गरेको छ । अन्तरराष्ट्रिय रूपमै फलामे छडको मूल्य बढिरहेको छ । हालै फलामे छडको कच्चा पदार्थ बिलेटको मूल्य अत्यधिक भएपछि नेपालमा यसको प्mयाक्ट्री मूल्य नै अहिले प्रतिकेजी ७७ रुपैयाँ पुगेको छ भने केही दिनभित्र ८० सम्म पुग्ने देखिएको छ । यद्यपि बन्दाबन्दी र केही समयअघि यसको औसत मूल्य प्रतिकेजी  ६५ देखि ७० सम्म रहेको थियो ।

अम्बे स्टीलको ब्रान्डमा छड उत्पादन गर्दै आएको अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले पूर्वाधार निर्माणको सिजन हो भनी नाफा कमाउने हेतुले मूल्य वृद्धि नगरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस