aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

राष्ट्र बैंक छोड्नभन्दा पहिला नै जागिर 'फिक्स'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
Sunrise
HIb
राष्ट्र बैंक छोड्नभन्दा पहिला नै जागिर 'फिक्स'
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय विभागका प्रमुख तथा कार्यकारी निर्देशक राष्ट्र बैंक पाँच दिन पनि नपुग्दै बीमा क्षेत्रमा जागिर खान पुगेका छन् ।  राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट चौथो दिन पहिलामा मात्र अवकास पाएका नारायण पौडेल प्रभू लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा  नियुक्त भएका छन्।

३० बर्ष सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश पाएका पौडेल बैंकिङ क्षेत्रका बारेमा राम्रो ज्ञान भएका हुन। जेष्ठ २६ गते अवकाश भएका हुन् उनलाई प्रभु लाइफ इस्योरेन्सको ३० गतेको सञ्चालक समितिले  प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो। 

उनलको नियुक्तीलाई बीमा समितिले स्विकृति दिएपछि मात्र उनले काम गर्न पाउने छ । राष्ट्र बैंक एक कर्मचारीले  राष्ट्र बैंकको कर्मचारी विनियामावलीको विरुद्धमा सर्वोच्चबाट ३० वर्षे कायम राख्ने आदेश गराउन सफल भएका थिए । उक्त फैसलाबाट पौडेल पुन  राष्ट्र बैंकमा नै केहि समय फर्किन पनि सक्ने सम्भावना रहेको छ ।

तर, उनी  राष्ट्र बैंकको सञ्चालक समितिको उक्त निर्णयसम्म पनि कुर्न सकेनन । यो भनेको  राष्ट्र बैंकबाट अवकास पाउन भन्दा पहिला नै उनको जागिर फिक्स भइसकेको थियो ?

प्रतिक्रिया दिनुहोस