aarthiknews.com सोमबार, ०५ माघ २०७७   Monday, 18 January, 2021
 
tater Group

नासा सेक्युरिटीले एकै दिन गर्यो १ अर्ब ३१ करोड कारोबार, ब्रोकरले कमाए ४ करोड ६१ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
नासा सेक्युरिटीले एकै दिन गर्यो १ अर्ब ३१ करोड कारोबार, ब्रोकरले कमाए ४ करोड ६१ लाख
Jagadamba
LBEF

काठमाडौं । आइतबार धितोपत्र कारोबारमा उछाल आएपछि ब्रोकर कम्पनीहरूले एक्कै दिन ४ करोड ६१ लाख रुपैयाँ कमाएका छन् । साताको पहिलो दिन ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएर नेप्से परिसूचक बुलिस ट्रेनमा गएपछि ब्रोकरहरूले एक्कै दिनमा उक्त रकम कमाएका हुन् । धितोपत्र कारोबारबाट ब्रोकर कम्पनीहरूले न्यूनतम ०.४० प्रतिशतदेखि अधिकत ०.६० प्रतिशतसम्म कमिशन पाउँछन् । आइतबार कारोबार भएको रकमलाई औसत कमिशन ०.५० प्रतिशत कायम गर्दा यति कमिशन देखिएको हो । 

ब्रोकर कमिशनको न्यूनतम विन्दु ०.४० प्रतिशतले आज आइतबार भएको कारोबारलाई हिसाव गर्ने हो भने पनि ब्रोकर कम्पनीहरूले ३ करोड ६९ लाख रुपैयाँ कमाएका छन् । कमिशनको अधिकतम विन्दु ०.६० प्रशितले हिसाव गर्दा भने ब्रोकरहरू ५ करोड ५३ लाख ६४ हजार रुपैयाँ कमाएका छन् । 

धितोपत्रको कारोबारबाट ब्रोकरहरूले न्यूनतम ०.४० प्रतिशतदेखि ०.५० प्रतिशतसम्म कमिशन पाउने प्रावधान छ । सो कमिशन वापत ब्रोकर कम्पनीहरूले सो रकम कमाएका हुन् । 

बढी नाफा कमाउने १० कम्पनी

नासा सेक्युरिटी ५८ नम्बर ले आज आइतबार १ अर्ब ३१ करोड कारोबार गरेको छ । उक्त कम्पनीले खरिदभन्दा बढी बिक्री गरेको छ । नासाले आइतबार औसतमा आफूले गरेको शेयर कारोबारबाट ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।  
इम्पेरियल सेक्युरिटी ४५ नम्बरले आज ९३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । इम्पेरियल सेक्युरिटीले ४६ लाख ९९ हजार रुपैयाँ कमाएको छ ।

डाइनामिक मनि म्यानेजस् सेक्युरिटी ८३ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको छ । उक्त कम्पनीले आज आइतबारमात्रै ४१ लाख ८६ हजार रुपैयाँ कमिशन वापत कमाएको छ । अनलाइन सेक्युरिटीज्ले ८३ करोड ६३ लाख रुपैयाँको कारोबार गरेको छ । उक्त कम्पनीले ४१ लाख ८१ हजार रुपैयाँ कमिशन वापत कमाएका छन् ।  

त्यस्तै भिजन सेक्युरिटीले ७७ करोड ९९ लाख कारोबार भएको छ । उसले पनि करिब ३९ लाख रुपैयाँ कमाएको छ । अग्रवाल सेक्युरिटीले आज ७६ करोड ३५ लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले ३८ लाख १७ हजार रुपैयाँ कमाएको छ ।

क्रिष्टल कञ्चनजंघा सेक्युरिटीले ६० करोड ५४ लाख, एबीसी सेक्युरिटीको ६० करोड १५ लाख, दिपशिखा धितोपत्रले (३८ नम्बर) ५९ करोड ८५ लाख र दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटी ५९ करोड ३३ लाख कारोबार गरेका छन् । क्रिष्टल कञ्चनजंघा गरेको कारोबारबाट ३० लाख २७ हजार, एबीसी सेक्युरिटीले ३० लाख कमिशन वापत कमाएको छ । दिपशिखाले ५९ लाख ८५ हजार र दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटीले २९ लाख ६६ हजार कमिशन वापत कमाएका छन् । 

ब्रोकर कम्पनीहरूले आइतबार कमाएको रकम ब्रोकर कमिशनको औसत ०.५० प्रतिशतले हिसाव गरेर निकालिएको हो । 

प्रतिक्रिया दिनुहोस