
काठमाडौं । यो साताको पहिलो दिन नेप्से परिसूचक अहिलेसम्मकै सर्वाधिक वन्दूमा पुगेको छ । साताको पहिलो दिन आज आइतबार १९६८.२७ विन्दुमा पुगेको छ । यो कारोबार अहिलेसम्म कै उच्च हो । आज आइतबार सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल पुर्नबीमा कम्पनी रहेको छ । कम्पनीले ५१ करोड ७९ लाख ९१ हजारभन्दा बढीको कारोबार गरेर उच्च कारोबार गर्ने कम्पनी बनेको हो ।
दोस्रो बढी कारोबार गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले आज ४० करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । नबिल बैंकको ३३ करोड ५६ लाख रुपैयाँको कारोबार गरेर उच्च कारोबार गर्ने तेस्रो नम्बरमा रहेको छ ।
त्यस्तै उच्च कारोबार गर्ने चौथौमा प्रभु बैंक परेको छ । सो दिन बैंकले ३३ करोड १९ लाख रुपैयाँको कारोबार गरेको छ । नेपाल बैंक लिमिटेडले ३२ लाख ४५ करोड रुपैयाँको कारोबार गरेको छ । ग्लोबल आईएमई बैंकको कारोबार भने २७ करोड ९५ लाख पुगेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको कारोबार २६ करोड ३९ लाख पुगेको छ । शिवम् सिमेन्टको कारोबार पनि २३ करोड ९८ लाख पुगेको छ ।
हिमालय डिष्टिलरीको कारोबार २३ करोड ८९ लाख रहेको छ भने १० औं उच्च कारोबार गर्ने कम्पनीमा नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम)रहेको छ । उक्त कम्पनीको कारोबार २३ करोड ७८ लाख रहेको छ ।
आज नेप्सेमा ९ अर्ब बढीको कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको हो । यसअघि मंसिर ११ गते नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख बढीको कारोबार गरेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज नेप्सेमा ७५.२ अंकले बढेर एक हजार ९ सय ६८ दशमलब २४ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस