
काठमाडौं । उपत्यकाको विभिन्न ठाउँमा मंसिर १३ गते, १४ गते र १५ गते बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्र अन्तर्गतका स्थानहरूमा मंसिर १३ गते, १४ गते र १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मुलपानी ब्रह्मखेल सडक खण्डको मुलपानी पिपलबोटदेखि मुलपानी चौरसम्म एचटीलाइन तान्ने कार्य हुन लागेकोले उक्त फिडर अन्तगर्तको सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंहपौवा लगायतका क्षेत्रमा बत्ती जाने भएको हो ।
प्रतिक्रिया दिनुहोस