aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

चार लाख नगदसहित तास खलिरहेको अवस्थामा २७ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
चार लाख नगदसहित तास खलिरहेको अवस्थामा २७ जना पक्राउ
Jagadamba
LBEF

काठमाडौं । तनहुँको ब्यास नगरपालिका १२ बेलघारी बस्ने ४५ वर्षीय राजेन्द्र पन्तको कुखुराको फर्ममा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश बैयलकोटी समेत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा, नगद ३ लाख १० हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

दाङको गढवा गाउँपालिका ६ प्रनाहा बस्ने ४५ वर्षीय डिल्लीराज शर्मा भुसालको घरमा तास खेलिरहेको अवस्थामा भुसाल समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ६ सय १५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस