aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

३४ थान मोबाइल बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
३४ थान मोबाइल बरामद
Jagadamba
LBEF

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङगामा लु २ ख ४३१५ नम्बरको बसबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । 

बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा कार्टुनमा प्याकिङ गरी लुकाई राखेको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

मोबाइल ल्याउने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस