aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड, झण्डै १९०० विन्दु नजिक, साढे ७ अर्ब बढीको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड, झण्डै १९०० विन्दु नजिक, साढे ७ अर्ब बढीको कारोबार
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा एकै दिन दुई नयाँ रेकर्ड कायम भएको छ । मंसिर ७ गते झण्डै ७ अर्बको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेमा साताको अन्तिम दिन आज (बिहिबार) साढे ७ अबै बढीको कारोबार भएर अर्को नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाको कारोबार भएको छ ।   

त्यस्तै आज शेयर बजारले इतिहासकै सर्वाधिक उचाइ कायम गरेको छ । यसअघि २०७३ साउन १२ गते १८८१ अंकमा पुगेको शेयर बजार आज बिहीबार सर्वाधिक उचाइमा पुगेको हो । बिहीबार नेप्से सूचकले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड उचाइमा पुगेको हो । आज नेप्से १८. ३२ अंकले बढेर एक हार ८ सय ९३ दशमलब २४ विन्दुमा पुगेको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ । आज सबैभन्दा बढी बैंकिङ समूह ३७.७६ अंकले बढेको छ । त्यसैगरी जलविद्युत समूह ६.८२ अंक, उत्पादनमूलक समूह ०.०९ अंक, अन्य समूह १५.३६ अंक र म्युचुअल फण्ड ०.०७ अंकले बढेका छन् भने बाँकी अरु समूह राताम्मे भए । 

आज एनएमबि लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीहरुले सबैभन्दा बढी ६.१८ प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको आज उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ५८ करोड १३ लाख १७ हजार १ सय ७८ रुपियाँ बराबरको शेयर कारोबार भएको हो ।  

यसैगरी शेयर बजार साताको पहिलो दिन आइतबार ४.६९ अंकले बढ्दा ६ अर्ब ९० करोड रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने २.३८ अंकले बजार घट्दा ४ अर्ब ७६ करोड रुपियाँको कारोबार भएको थियो । यता साताको तेश्रो दिन मंगलबार २९.६८ प्रतिशतले बजार बढ्दा ५ अर्ब ४४ करोड रुपियाँको कारोबार भएको र हिजो ६४.७० अंकले बढ्दा ४ अर्ब ९८ करोड रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस