
काठमाडौं । कात्तिक मसान्त सम्ममा एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तिन वटै योजनाको प्रतिइकाई खुद मूल्य बढेको छ । एनआइबिएल प्रगति फण्ड , एनआइबिएल समृद्धि फण्ड–१ र एनआइबिएल सहभागिता फण्डको प्रतिइकाई खुद मूल्य बढेको हो । एनआइबिएल सहभागिता फण्डको प्रतिइकाई खुद मूल्य असोज मसान्तमा रू. ११ दशमलव २८ रहेकोमा कात्तिक मसान्तमा रू. ११ दशमलव ९१ पुगेको हो । त्यसैगरी एनआइबिएल समृद्धि फण्ड १ को प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तमा रू. १२ दशमलव १३ पुगेको छ । यो मूल्य असोज मसान्तमा रू. ११ दशमलव ४४ थियो ।
एनआइबिएल प्रगति फण्डको असोज मसान्तमा प्रतिइकाई खुद मूल्य रू. ११ दशमलव १० रहेकोमा कात्तिक मसान्तमा रू. ११ दशमलव ९५ पुगेको हो । असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तमा तिनवटै योजनाको नाफा बढेको छ । एनआइबिएल प्रगति फण्डले असोज मसान्तमा रू. ९ करोड २४ लाख ४० हजार नाफा गरेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. १५ करोड ६४ लाख ९१ हजार पुगेको हो । त्यसैगरी एनआईबिएल समृद्धि फण्ड–१ ले कात्तिक मसान्त सम्ममा रू. १७ करोड २७ लाख ४५ हजार नाफा कमाएको छ । योजनाले असोज मसान्तमा रू. १० करोड ३० लाख २३ हजार नाफा कमाएको थियो ।
यस योजनाले कात्तिक मसान्त सम्ममा सुचिकृत तथा सुचिकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ७९ करोड ५६ लाख ६६ हजार ७७८ रहेकोमा यसको बजार मूल्य रू. ९१ करोड ३६ लाख २० हजार पुगेको हो । त्यसैगरी एनआइबिएल सहभागिता फण्डले कात्तिक मसान्त सम्ममा रू. ३ करोड ६० लाख ६३ हजार नाफा कमाएको छ । योजनाले असोज मसान्त सम्ममा रू. २ करोड २० लाख ३० हजार नाफा कमाएको थियो । यस योजनाले कात्तिक मसान्त सम्ममा सुचिकृत तथा सुचिकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू.१७ करोड ४३ लाख ९६ हजार रहेकोमा यसको बजार मूल्य रू. १९ करोड ५४ लाख ३० हजार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस