aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
सिटिजन्स बैंकको शेयरमूल्य समायोजन
Jagadamba
LBEF

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले बिहीवार बैंकको ८ प्रतिशत बोनस शेयर पछिको मूल्य प्रतिकित्ता २३२ रुपैयाँ तोकेको हो । बुधवार कायम अन्तिम मूल्य २५१ रुपैयाँलाई आधार मानेर नेप्सेले यस बैंकको शेयरमूल्य समायोजन गरेको जानकारी दिएको छ । समायोजन पछि बिहीवार बैंकको शेयर कारोबार रू. २३५ मा खुला भएको छ । 

यस बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न बैंकले मंसिर २० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिन बुक क्लोज गरेकाले शेयरमूल्य समायोजन भएको हो । बुक क्लोजको दिनदेखि शेयर खरिद गर्ने शेयरधनीहरुले बैंकको लाभांश पाउनेछैनन् । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा बैंकले उक्त लाभांश दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस