aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

एनआईसी एशिया क्यापिटलको इकाई भोलीदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
एनआईसी एशिया क्यापिटलको इकाई भोलीदेखि विक्रीमा
Jagadamba
LBEF

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर १२ गतेदेखि १ करोड २५ लाख इकाई विक्री खुला गर्दैछ । क्यापिटलले एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड सञ्चालनका लागि कुल ५ करोड इकाईमध्य पहिलो चरणमा उक्त इकाई विक्री खुला गर्न लागेको हो । क्यापिटलले कुल इकाईमध्य बीज पूँजी वापत १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई छ्ट्याएको छ । 

प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको यो इकाई खरिद गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाई सम्म माग गर्न सकिने व्यवस्था छ । आवेदनका प्राप्त गर्न र बुझाउनका लागि एनआईसी एशिया क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयमा सम्पर्क राख्न सकिनेछ । यो इकाई छिटोमा मंसिर १६ र ढिलोमा मंसिर २६ गतेसम्म विक्रीमा रहनेछ ।  

क्यापिटलले सञ्चालन गर्न लागेको यो खुलामुखी योजना हो । यस अघि दुई बन्दमुखी योजना यस क्यापिटलले सञ्चालन गरिरहेको छ । पहिलो निष्कासन सार्वजनिक निष्कासन मार्फत हुनेछ भने नियमित निष्कासन योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरणको माध्यमबाट खरिद विक्री गर्न सकिनेछ । बन्दमुखि योजनाहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत भई कारोबार गर्न सकिन्छ भने खुलामुखी यो योजना भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुने छैन् । योजना व्यवस्थापक तथा कोष प्रबद्र्धक आफै वा अन्य आधिकारिक संस्थाहरुलाई वितरकको जिम्वेवारी दिने व्यवस्था मिलाईनेछ ।

एनआइसी एशिया क्यापिटलको पहिलो खुलामुखी योजना सञ्चालनका लागि ५ करोड इकाई विक्री गर्न कात्तिक २१ गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको थियो । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई इक्रा नेपालले मध्यम जोखिमको संकेत गर्ने “इक्रा एनपी एमसी ३” रेटिङ प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस