aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
tater Group
Bajaj_Bike

ग्यापुले ल्यायो अर्को ठुलो अफर: मङ्सिर १२ गते ब्ल्याक फ्राइडे सेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
ग्यापुले ल्यायो अर्को ठुलो अफर: मङ्सिर १२ गते ब्ल्याक फ्राइडे सेल
Jagadamba
LBEF

काठमाडौं । लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मङ्सिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घोषणा गरेको छ । जस अन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

माछापुच्छ्रे बैकंसँगको सहकार्यमा ग्यापुले बैकंको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै  एनआईसि एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ । त्यस्तै, ग्यापुले ब्ल्याक फ्राईडे ज्याकपट पनि ल्याएको छ जसको भाग्यशाली बिजेताले ग्यास गिजर र होम थिएटर निस्शुल्क पाउने ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाल एप वा कम्पनीको  वेबसाइट gyapu.com मार्फत अर्डर गर्न सक्नेछन् । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपिएस र ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् भने  डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैकंका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस